खैरो हेरोइनसहित दुई जना काठमाडौंमा पक्राउ

समाचार

काठमाडौं, २७ चैत । काठमाडौंमा लागू औषध कारोबार विरुद्ध प्रहरीले कारबाही गर्दै खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

चैत २६ गते राति करिब ११:४५ बजेको समयमा लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू बस्दै आएको गौशाला क्षेत्रको एक गेष्ट हाउसमा खानतलासी गर्दा ३०.४२ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ तथा नगद रु. ५७,००० बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा जिल्ला धनुषा सबैला नगरपालिका–२ का २६ वर्षीय माधव कुमार साह र जिल्ला सिन्धुली दुधौली नगरपालिका–४ की ३२ वर्षीया मिना कुमारी अधिकारी रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीले लागू औषध कारोबार नियन्त्रणका लागि यस्ता अपरेशनलाई निरन्तरता दिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *