२४ वटा भारतीय इलेक्ट्रिक स्कुटर पक्राउ, १९ लाखभन्दा बढी मूल्यका साधन भन्सारमा बुझाइयो

समाचार

पर्सा, १४ वैशाख ।भन्सार छली गरी नेपाल भित्र्याइएका भारतीय इलेक्ट्रिक स्कुटरहरू प्रहरी नियन्त्रणमा परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विभिन्न मितिमा सञ्चालनमा रहेका २४ वटा स्कुटर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका तथा आसपासका ग्रामीण वडा क्षेत्रमा अनाधिकृत रूपमा चलाइरहेका ती स्कुटरहरूको अनुमानित मूल्य रु. १९ लाख २० हजार रहेको छ।

नियन्त्रणमा लिइएका सबै स्कुटरहरू थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि २०८३ वैशाख १४ गते बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले भन्सार छली तथा अवैध रूपमा सञ्चालन हुने सवारी साधनमाथि निगरानी अझ कडा बनाइएको जानकारी दिए। उनले यस्ता अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी अभियान निरन्तर जारी रहने पनि स्पष्ट पारे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *