वीरगञ्जमा त्रिभुवन राजपथ विस्तारका लागि नापजाँच सुरु, सुरक्षामा नेपाल प्रहरी सक्रिय

समाचार

वीरगञ्ज, १८ बैशाख । वीरगञ्जस्थित शंकाराचार्य गेट देखी गण्डकसम्मको त्रिभुवन राजपथ विस्तार गर्ने योजनाअन्तर्गत सडक नापजाँच कार्य औपचारिक रूपमा सुरु गरिएको छ। सडक विस्तारलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायहरूले संयुक्त रूपमा नापजाँच प्रक्रिया अगाडि बढाएका हुन्।

उक्त कार्यका क्रममा सुरक्षा तथा व्यवस्थापनका लागि नेपाल प्रहरीले सक्रिय रूपमा सहयोग पुर्‍याएको छ। नापजाँचका बेला सम्भावित अवरोध, भीड नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्न प्रहरी टोली खटिएको छ।

सडक विस्तार परियोजना अन्तर्गत राजपथको दायाँ–बायाँ क्षेत्रको मापन, संरचना पहिचान तथा आवश्यक विवरण संकलन कार्य भइरहेको जनाइएको छ। यसले आगामी दिनमा सडक फराकिलो बनाउने तथा यातायात व्यवस्थापन सहज बनाउने लक्ष्य राखिएको छ।

स्थानीय प्रशासनका अनुसार, विकास निर्माण कार्यलाई सहज बनाउन नागरिकसँग समन्वय र सहकार्यमा जोड दिइएको छ। वीरगञ्जको मुख्य व्यापारिक मार्गका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार भएपछि सवारी आवागमन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

नेपाल प्रहरीले विकास निर्माण कार्यमा सहजीकरण गर्दै नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर आफ्नो भूमिका निर्वाह गरिरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *