बिरगञ्ज ,२९ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी नेपाल भित्र्याइएका करिब ३ लाख रुपैयाँ बराबरका साडी तथा कुर्ता–सुरुवाल बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा जिल्लाको विभिन्न क्षेत्रमा चेकजाँच तथा निगरानी गर्ने क्रममा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका साडी तथा कुर्ता–सुरुवाल फेला पारिएको हो। बरामद गरिएका सामानको अनुमानित मूल्य करिब ३ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद कपडाहरू आवश्यक कारवाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
पर्सा प्रहरीले पछिल्लो समय भन्सार छली, अवैध आयात तथा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सीमावर्ती क्षेत्रमा निगरानी बढाएको जनाएको छ।
