फैसला कार्यान्वयन अभियानमा पर्सा प्रहरीको सफलता : २ फरार प्रतिवादी पक्राउ

समाचार

वीरगञ्ज, जेठ १३ । जिल्ला प्रहरी कार्यालय पर्साले फैसला कार्यान्वयन अभियानलाई तीव्र बनाउँदै सम्मानित अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका २ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।

पर्सा प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जिल्ला पर्सा कालिकामाई गाउँपालिका–५ बस्ने ३६ वर्षीय रंजित राउत कंकर रहेका छन्। उनीमाथि लागू औषध सम्बन्धी मुद्दामा अदालतले १ वर्ष कैद तथा १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला पश्चात फरार रहेका उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो।

यस्तै, सोही स्थानका ४५ वर्षीय शशि कपुर ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ। बहुविवाह मुद्दामा अदालतबाट १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएपछि उनी फरार रहेका थिए।

पर्सा प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तर रूपमा सञ्चालन गरिरहेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *