भन्सार छली गरी भित्र्याइएका २५ थान मोबाइल पर्सा प्रहरीद्वारा बरामद

समाचार

वीरगञ्ज, जेठ १९ । पर्सा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न ब्राण्डका २५ थान मोबाइल फोन बरामद गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा करिब ४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका मोबाइल फोन बरामद गरिएको हो। बरामद गरिएका मोबाइलहरू विभिन्न ब्राण्डका रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध आयात नियन्त्रण अभियानलाई तीव्र बनाएको पर्सा प्रहरीले पछिल्लो समय निरन्तर रूपमा अवैध सामान नियन्त्रणमा लिँदै आएको छ। बरामद मोबाइलहरू सम्बन्धित भन्सार कार्यालयमा बुझाइने तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रहरीले राजस्व चुहावट रोक्न तथा अवैध कारोबार नियन्त्रण गर्न सीमा क्षेत्रका गतिविधिमाथि निगरानी बढाइएको बताएको छ। साथै, भन्सार छली तथा गैरकानुनी कारोबारमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *