बारामा रूखको हाँगा काट्ने क्रममा च्यापिएर एक जनाको मृत्यु

समाचार

बारा, असार २३ । बाराको सुवर्ण गाउँपालिका–२ सनफुलवामा पकडको रूखको हाँगा काट्ने क्रममा च्यापिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलवार बिहान करिब ८:३० बजे सुवर्ण गाउँपालिका–३ सन्तगज निवासी शिवधारी पण्डितको जग्गामा रहेको पकडको रूख स्थानीय बाबुलाल यादवले खरिद गरेका थिए। उक्त रूख काट्ने क्रममा सुवर्ण गाउँपालिका–१ रामटोल निवासी करिब ५५ वर्षीय जोखन महरा हाँगा काटिरहेका बेला अर्को हाँगा खसेर च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे बिहान ९:०० बजे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कवहीगोठबाट प्रहरी टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा  टोली खटिई घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान सम्पन्न गरेको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *