प्रदेश प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरद्वारा बारा प्रहरीको निरीक्षण, प्रविधिमैत्री अनुसन्धानमा जोड

समाचार

बारा, असार २९ ।नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (प्र.ब.उ.) कृष्णबहादुर पल्ली मगरले सोमबार  जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण गरी शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन्।

आज दिउँसो १२:३० बजे जिल्ला प्रहरी कार्यालय बारामा पुग्नुभएका प्र.ब.उ. मगरले अपराध अनुसन्धान शाखा, हिरासत कक्ष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखालगायत विभिन्न शाखाको निरीक्षण गरेका थिए।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (प्र.उ.) नरेन्द्र कुँवर ले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धानका गतिविधि, सेवा प्रवाह र विभिन्न शाखाबाट सम्पादित कार्यहरूको तथ्यांकसहितको प्रस्तुतीकरण गरेका थिए।

प्रस्तुतीकरणपछि प्र.ब.उ. मगरले प्रहरी कर्मचारीहरूलाई आधुनिक प्रविधिको प्रयोग, प्रमाणमुखी अनुसन्धान, व्यावसायिक कार्यसम्पादन, प्रभावकारी सेवा प्रवाह तथा नागरिकमैत्री प्रहरी सेवालाई थप सुदृढ बनाउन निर्देशन दिएका छन्।

प्रदेश प्रहरी प्रमुखको निरीक्षण तथा निर्देशनले बारा जिल्लाको सुरक्षा व्यवस्थापन, अनुसन्धान प्रणाली र प्रहरी सेवाको गुणस्तर थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *