७ वर्ष कैद सजाय तोकिएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी रोहन केशरी काठमाडौंबाट पक्राउ

समाचार

वीरगञ्ज, असार ३१ । जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद सजाय र ३ लाख ३७ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी रोहन केशरी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला अदालतले मिति २०८१ असार २३ गते (मुद्दा नं. ०७९–८९–०४८१) रोहन केशरीलाई जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद र रु. ३ लाख ३७ हजार जरिवानाको फैसला सुनाएको थियो। त्यसयता फरार रहेका उनलाई प्रहरीले खोजतलास गरिरहेको थियो।

पर्सा प्रहरीको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई मिति २०८३ असार ३० गते काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट नजिक गोल्डेन गेट अगाडिबाट पक्राउ गरेको हो।

पक्राउ परेका केशरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *