पर्सा, ३१ असार। पर्सा प्रहरीले अवैध रूपमा बालुवा उत्खनन गरी ओसारपसार गरिरहेको एक ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ असार ३० गते अपराह्न करिब ३:३० बजे पर्सागढी नगरपालिका–३ स्थित भडौरा खोलामा प्रहरी चौकी बडनिहारबाट खटिएको गस्ती टोलीले अवैध रूपमा बालुवा उत्खनन गरी बडनिहारतर्फ ल्याइँदै गरेको ना.४ त ६२४६ नम्बरको ट्र्याक्टर फेला पारेको थियो।
प्रहरीले ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रहरीले प्राकृतिक स्रोत–साधनको अवैध दोहन तथा तस्करी नियन्त्रणका लागि जिल्लाभर नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
