पथलैयामा भारतीय कारबाट ८० बोतल ओनेरेक्ससहित चालक पक्राउ

समाचार

बारा, साउन १३ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोष्टमा प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट ८० बोतल प्रतिबन्धित लागूऔषध ओनेरेक्स बरामद गर्दै चालकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार बुधबार (२०८३ साउन १३) दिउँसो करिब २:०० बजे बरहथवाबाट हेटौडातर्फ जाँदै गरेको DL 2 CAS 4888 नम्बरको भारतीय कारलाई संयुक्त चेकिङ टोलीले रोकी जाँच गरेको थियो।

जाँचका क्रममा कारको पछाडिको सिटमुनि विशेष रूपमा बनाइएको फल्स बटम भित्र लुकाइछिपाइ राखिएको ONEREX 100ml का ८० बोतल फेला परेको प्रहरीले जनाएको छ।

घटनामा कार, बरामद लागूऔषध तथा कार चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१५ राटोमाटे घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बस्ने करिब ४० वर्षीय नारायण खड्कालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले पक्राउ परेका खड्कामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *