ललितपुर ,असोज १। हराएको ब्याग फेला पारी त्यसमा रहेका नगद पैसा, एटीएम कार्ड तथा सुनको सिक्रीसहितका सामान प्रहरीले सम्बन्धित व्यक्तिलाई सकुशल फिर्ता गरेको छ।
प्रहरीका अनुसार हराएको ब्याग फेला परेपछि त्यसमा रहेका सामग्री सुरक्षित राखी आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो।
प्रहरी प्रभाग मंगलबजार, ललितपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मुन्ना कुमार शाहको नेतृत्वमा ब्यागमा रहेका नगद रकम, एटीएम कार्ड, सुनको सिक्रीलगायतका सामान सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ।
हराएको महत्वपूर्ण सामान फेला पारेर सुरक्षित रूपमा धनीलाई हस्तान्तरण गरिएको घटनाले प्रहरीको जिम्मेवारी, इमानदारी र नागरिकप्रतिको सेवाभावलाई समेत देखाएको छ।
