रसीद आलम, बिरगंज , २५ भदौ ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालयको टोलिले भन्सार छली चोरी पैठारी गरी ल्याएका सामानहरुमा साडी-३१२ पिस ,लेथको पार्टस-८ वटा,गलेण्डर मेसिन-१ थान,कुर्ता सुरवाल- २७ पिस,चिनी-१६४ के.जी.,थान कपडा-२८५ मिटर,रेडबुल-४८पिस,पंखा-२ थान, केराउ-१०२ के.जी.,भेष्ट-९२ पिस बरामद गरी सोको रु.८ लाख१६ हजार ३ सय साठी बराबरको मुल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जनाएको छ।
