रसीद आलम, बिरगंज ,२९ भदौ ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको १००० के.जी.चिनी बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भन्सार छलीएको २० बोरा चिनी बरामद गरेको जुन प्रति बोरामा ५० के.जी. रहेको प्रहरीले बताएको छ।
बरामद गरीएको चिनीको रू.१ लाख मुल्यांकन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताएका छन् ।
