ज्ञानेन्द्र शाहीको आरोप: आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएको पाइयो

काठमाडौँ,२६ फागुन  । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आइतबार पुर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो  प्रधानमन्त्री केपि ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् । शाहीले सामाजिक सञ्जालमा लेख्दै रिमालले योगी आदित्यनाथको तस्बीर राख्न लगाएको पाइएको उल्लेख गरेका हुन् । साथै उनले नेपाली  राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो […]

पुरा पढ़नुश

कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक

काठमाडौं,२६ फागुन  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलायका छन् । ‘आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेछ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । उनका अनुसार मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, आइतबार त्रिभुवन बिमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत अनि भाबी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाईएको हो […]

पुरा पढ़नुश

वीरगंज छपकैयामा पवित्र रमजानको अवसरमा इफ्तार कार्यक्रम सम्पन्न

वीरगंज, २६ फागुन । वीरगंज महानगरपालिका-२ छपकैयाको ईदगाह चौकमा पवित्र रमजानको अवसरमा इफ्तार कार्यक्रमको आयोजना गरिएको छ। आइतबार सम्पन्न सो इफ्तार कार्यक्रममा विभिन्न वर्गका जनसमुदाय तथा स्थानीय राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। इफ्तार कार्यक्रममा सहभागी भएका माओवादी नेता तथा मधेस प्रदेश सांसद रहबर अन्सारीले एकता, सद्भाव, र परोपकारको महत्वलाई जोड दिँदै सबै समुदायजनलाई धन्यवाद […]

पुरा पढ़नुश

लागुऔषधसहित तीन जना पक्राउ,पर्सा प्रहरीले शुरू गर्यो थप अनुसन्धान

पर्सा, २६ फागुन । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-१५ ब्रह्मचोकस्थित भाडाको कोठाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले गत शनिबार  राति ८:३० बजेको समयमा गरेको खानतलासीमा ६ केजी ५९० ग्राम चरेशजस्तो देखिने पदार्थ बरामद गरेको हो। पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२ का २३ वर्षीय लडु राम, पर्सा बिन्दवासिनी गाउँपालिका-३ का ३५ वर्षीय […]

पुरा पढ़नुश

गाैरमा अमेरश सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी

सञ्जय मिश्रा रौतहट २५ फागुन। रौतहटको सदरमुकाम गौरमा गौर राइस मिलको बिषय लिएर दुई पक्षबिच तनावको अवस्था बन्दै गएको छ।   राइस मिलको जग्गा अधिग्रहण गर्ने पक्षका नेताहरु र भागबण्डाको सहमती गरेका गौर नगरपालिकाका मेयर शम्भु साह समर्थकहरू बीच जुहारी चलिरहेको छ। दुबैपक्ष बिहानै देखी सडक तताउनुका साथै एक अर्का विरुद्द अपशब्द ,चुनौती दिंदै सामाजिक सञ्जाल […]

पुरा पढ़नुश

भारत-पाकिस्तान सीमामा यात्रा नगर्न अमेरिकाले जारी गर्यो ट्राभल एडभाइजरी

काठमाडौँ ,२५ फागुन । अमेरिकाले आफ्ना नागरिकहरूका लागि भारत-पाकिस्तान सीमा र नियन्त्रण रेखा वरिपरि यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरेको छ । ट्राभल एडभाजरीका अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा पनि निषेध गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो सल्लाहकारको कारण यी क्षेत्रहरूमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेको बताइएको छ । एडभाइजारीमा […]

पुरा पढ़नुश

राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम शुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं,२५ फागुन  । पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरु पुग्नेक्रम शुरु भएको छ ।  विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरुले नाराबाजी शुरु गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरु विमानस्थल बाहिर भेला भएका हुन् । […]

पुरा पढ़नुश

टेकुको ढलमा फसेका व्यक्तिको उद्धार

काठमाडौं ,२५ फागुन । काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो । उद्धार गरिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पुरा पढ़नुश

पर्सा प्रहरीका एसपी मिश्रद्वारा ट्राफिक प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन

पर्सा, फागुन २५ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले आज बिहान ८:०० बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले मातहतका इकाइ प्रमुखहरूसँग अन्तरक्रिया गर्दै चालू आर्थिक वर्षको कार्यसम्पादन सम्झौताअनुसार लक्ष्य प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। यस अवसरमा उहाँले राजमार्ग तथा ग्रामीण क्षेत्रमा चेकजाँचलाई थप […]

पुरा पढ़नुश

११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरगंजमा र्‍याली सम्पन्न

वीरगंज, २५ फागुन । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सा र आमा नेपाल फाउन्डेशन पर्साको संयुक्त आयोजनामा र्‍याली सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त र्‍याली बिहान ८:४५ बजे वीरगंज महानगरपालिका–८ स्थित घण्टाघरबाट सुरु भई माइस्थान, मकालु, बिर्ता मन्दिर, गणेशमान चोक, कन्या स्कूल, अलखिया मठ, ग्रिनसिटी, घडिअर्वा पोखरी हुँदै पुनः […]

पुरा पढ़नुश