भन्सार नतिरेका २८ भारतीय मोटरसाइकल वीरगंज भन्सार कार्यालयमा बुझाइयो

बारा,१५ फागुन । जिल्ला प्रहरी कार्यालय बारा मातहत खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरूमा गस्ती गर्ने क्रममा भन्सार नतिरेका, आवश्यक कागजात नभएका तथा कानुन विपरीत भारतीय नम्बर प्लेट भएका २८ वटा मोटरसाइकल बरामद गरेको छ। बरामद मोटरसाइकलहरूको अन्दाजी मूल्य रु. २५,००,०००/- (पच्चिस लाख) रहेको छ। कानूनअनुसार आवश्यक कारबाहीको लागि ती मोटरसाइकलहरू वीरगंज भन्सार कार्यालय, पर्सामा […]

पुरा पढ़नुश

साउथ इन्डियन फिल्म ‘मारको’को ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको यसरी गरियो हत्या

बिरगंज ,१५ फागुन । पर्सा वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका १९ वर्षीय युवक इशालप्रसाद कुर्मीको हत्या अनुसन्धान गर्दै जाँदा प्रहरीले सो घटनामा ‘फिल्मी शैली’ अपनाइएको तथ्य उजागर गरेको छ। हत्यामा संलग्न व्यक्तिले कुर्मीको हत्याअघि ‘साउथ इन्डियन’ फिल्म हेरेको र त्यसैको नक्कल गरेको तथ्य फेला पारिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। कुर्मीको हत्यामा संलग्न […]

पुरा पढ़नुश

सिमेन्ट माफियाविरुद्ध वीरगञ्जमा प्रदर्शन, ‘जनता मरेको मर्‍यै, सरकार हेरेको हेर्‍यै’ भन्दै सडकमा उत्रिए नेता रहबर अन्सारी

वीरगञ्ज, फागुन १५ । सिमेन्ट कार्टेलिङ र भ्रष्टाचारविरुद्ध नेकपा माओवादी केन्द्रका नेता तथा मधेस प्रदेशका पूर्वमन्त्री रहबर अन्सारीको नेतृत्वमा वीरगञ्जमा विरोध र्‍याली सम्पन्न भएको छ। ‘जनता मरेको मर्‍यै, सरकार हेरेको हेर्‍यै’ भन्ने नारा लगाउँदै आयोजित सचेतना र्‍यालीमा ठूलो संख्यामा स्थानीयवासीको सहभागिता रहेको थियो। नेता अन्सारीले सिमेन्ट माफियाहरूको लुटतन्त्र र भ्रष्टाचारविरुद्ध जनजागरण अभियान चलाउनुपर्ने आवश्यकता औंल्याउँदै […]

पुरा पढ़नुश

पर्साबाट माओवादी केन्द्रको मधेस प्रदेश कमिटीमा आलम सहित ४ विद्यार्थी नेता सिफारिस

वीरगञ्ज ,१५ फागुन । नेकपा (माओवादी केन्द्र)को मधेस प्रदेश कमिटीमा पर्साबाट ४ जना विद्यार्थी नेता सिफारिस भएका छन्। पार्टीको केन्द्रीय कार्यालयले अनेरास्ववियू (क्रान्तिकारी) का सचिव महमद जुबैर आलमसहित ४ जनालाई प्रदेश समितिको सदस्यका लागि सिफारिस गरेको हो। प्रदेश सदस्यमा सिफारिस हुनेहरूमा संगठनका उपमहासचिव प्रभाकर गुप्ता, सचिव इशक कुमार पासवान, र शिवम कुमार रहेका छन्। यो […]

पुरा पढ़नुश

४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की

काठमाडौैं, १५ फागुन । भारतको प्रयागराजस्थित महाकुम्भमा ६५ करोडले स्नान गरेका छन् । माघ १ देखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६५ करोडभन्दा बढी मानिसले डुबुल्की लगाएको उत्तर प्रदेश सरकारले अनुमान गरेको छ । महाकुम्भ मेला महाशिवरात्रिको दिनदेखि समापन हुनेछ । भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरेका छन् । महाशिवरात्रिको दिन अहिलेसम्म […]

पुरा पढ़नुश

पूर्वराजालाई मैले कुनै महत्व दिएको छैन- प्रचण्ड

काठमाडौं,१५ फागुन  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै महत्व नदिएको बताएका छन् । विराटनगरमा बुधबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको विचारलाई आफूले कुनै महत्व नदिएको बताएका हुन् । उनले जनताको चेतना, आन्दोलन र परिस्थिति […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीको महिला टिमलाई सान्त्वना- छोरीहरूको खेल राम्रो थियो, भविष्यमा हामी जित्ने नै छौं

काठमाडौँ ,१५ फागुन । नेपाली महिला फुटबल टिमले अर्को फाइनल खेल हारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सान्त्वना दिएका छन् । म्यान्मारविरुद्धको अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा २-० ले हार बेहोरेपछि प्रधानमन्त्री ओलीले कार्यव्यस्तताले सहभागी हुन नसकेपछि छोरीहरुको खेल राम्रो भएको भन्दै सान्त्वना दिएका हुन् । बुधवार साँझ खेल सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमा एक स्टाटस राख्दै […]

पुरा पढ़नुश

मन्नत छाडेर भाडाको अपार्टमेन्टमा सर्दै शाहरूख खान

मुम्बई,१५ फागुन  । बलिउड अभिनेता शाहरुख खान जति चर्चित छन्, उनको बंगला ‘मन्नत’ पनि उत्तिकै लोकप्रिय र चर्चित रहेको छ । चाहे त्यो चाडपर्व होस् वा शाहरुख खानको जन्मदिन, मन्नत बाहिर फ्यानको भीड यति देखिन्छ कि सायदै दुनियाँमा त्यति देखिन्न पाइन्न । जब मानिसहरू मुम्बई घुम्न जान्छन्,  तिनीहरू निश्चित रूपमा मन्नत बाहिर घुम्छन् ताकि उनीहरूले […]

पुरा पढ़नुश

गोविन्दा तथा श्रीमती र छोराछोरी बस्छन् अलग अलग घरमा

मुम्बइ, १५ फागुन । बलिउड अभिनेता गोविन्दाले आफ्नो जीवनमा धेरै उतारचढाव देखेका छन् । गोविन्दाका बुवा अरुण कुमार आहुजा पनि अभिनेता थिए । करिब ३० फिल्ममा नायकको रुपमा काम गरेपछि अरुण कुमार आहुजाले आफैं फिल्म निर्माण गर्न थाले तर उनले बनाएका सबै फिल्म फ्लप हुन पुगे ।   जसका कारण कुनै समय बान्द्राको कार्टर रोडमा […]

पुरा पढ़नुश

रारा तालको किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट

मुगु,१५ फागुन  । मुगुको रारा तालको किनारमा अवस्थित एक होटलमा गए राति आगलागी हुँदा चार वटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला […]

पुरा पढ़नुश