आफ्नै मतदातालाई धोखा दिने गद्दार नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ- प्रभु साह

रौतहट, २४ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजनीतिक दलहरु ‘बेइमान’ भएको टिप्पणी गरेका छन् ।   राजनीतिक दलहरु मुलुक र जनतासँग गदारी गरेको आरोप उनले लगाए । महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा रौतहटको बौद्धीमाई नगरपालिकाको ईनर्वामा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष […]

पुरा पढ़नुश

के रतनटाटाको मृत शरिर गिद्दलाइ खुवाउन लागिएको हो ?

मुम्बई, २४ असोज । बरिष्ठ व्यापारी रतन टाटाको बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ । उनको आज दिउँसो ४ बजे मुम्बईको वर्लीमा अन्तिम संस्कार गरिने छ । रतन टाटा पारसी समुदायका थिए तर अझै पनि उनको अन्तिम संस्कार पारसी धर्म संस्कार अनुसार गरिने हो कि हिन्दू संस्कार अनुसार गरिने हो ? यसमा […]

पुरा पढ़नुश

सशस्त्रले छापामारी गरि नियन्त्रणमा लियो २१ लाखको कपडा ।

बिरगंज ,२४ असोज । सशस्त्र प्रहरी बल पर्साले छापामारी गरि बिरगंज -१६ नगवा नयाँ बस्तीबाट २१ लाख २१ हजार ८ सय  बराबरको अबैध कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार असोज २३ गते सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्सा तथा र प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको संयुक्त […]

पुरा पढ़नुश

टुँडिखेलमा आज फूलपाती बढाइँ

काठमाडौँ ,२४ असोज । नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ । फूलपाती भित्र्याउने चलन मुख्यगरी राजामहाराजाको विजयी अभियानसँग सम्बन्धित […]

पुरा पढ़नुश

दशैँको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइदै

काठमाडौँ ,२४ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको […]

पुरा पढ़नुश

रौतहटमा धारिलो हतियार प्रहारबाट एक व्यक्ति गम्भीर घाइते

राैतहट, २४ असोज  । रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं. १ समनपुरमा धारिलो हतियारको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्।   ३५ वर्षीय चन्दन साहलाई मंगलबार राति करिब ८:३० बजे मोटरसाइकलमा यात्रा गरिरहेका बेला अपरिचित व्यक्तिले खुकुरी प्रहार गरी गम्भीर चोट पुर्याएको हो। साह ना ४८ प ४५५७ नम्बरको मोटरसाइकलमा रौतहटको गरुडा नगरपालिका-९ नरकटिया […]

पुरा पढ़नुश

उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द

सियोल, २४ असोज । उत्तर कोरियाले दक्षिण कोरियासँगको आफ्नो सीमा पूर्ण रुपमा बन्द गरेको घोषणा गरेको छ ।   उत्तरी कोरियाली तानाशाह किम जोङको सेनाले मंगलबार देखी दक्षिण कोरिया जाने सबै सडक र रेलमार्ग बन्द गरिएको बताएका छन् । यसका साथै सिमाना छेउछाउका क्षेत्रमा पनि सुदृढीकरण गरिनेछ । उत्तर कोरियाको मिडिया हाउस केसीएनएका अनुसार कोरियाली […]

पुरा पढ़नुश

कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व

मुम्बई, २४ असोज । भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको गए राती निधन भएको छ । टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन उनको योगदानलाई बिर्सन कसैले पनि सक्दैन ।   तर, रतन टाटा एक अर्बपति मात्र नभई टाटा समूहसँग मिलेर यो देश र यहाँका करोडौं जनतालाई सहयोग दिने व्यक्तिसमेत थिए । उनले […]

पुरा पढ़नुश

दशैँमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन

काठमाडौँ,२३ असोज  । खानेपानीमन्त्री प्रदीप यादवले दसैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफुसँग भएको मोवाईल फोन अफ नगर्न निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजना गरिएको वडा दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरुका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक […]

पुरा पढ़नुश

१८ लाख भारतीय र नेपाली रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा

कञ्चनपुर ,२३ असोज । कञ्चनपुरको भिमदत्त नगरपालिका–१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँ र स्कुटरसहित एक भारतीय नागरिकलाई सशस्त्रको बोर्डर आउट पोष्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ युके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा जाँदै गरेका भारतको जिल्ला चम्पावत […]

पुरा पढ़नुश