१८ लाख भारतीय र नेपाली रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा

कञ्चनपुर ,२३ असोज । कञ्चनपुरको भिमदत्त नगरपालिका–१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँ र स्कुटरसहित एक भारतीय नागरिकलाई सशस्त्रको बोर्डर आउट पोष्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ युके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा जाँदै गरेका भारतको जिल्ला चम्पावत […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेलले विजया दशमीको दिन टिका लगाइदिने

काठमाडौँ ,२३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको दिन टिका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार इच्छुक मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरूलाई अपरान्ह ३ बजेदेखि ३:३० बजे सम्म टिका लगाइदिने कार्यक्रम रहेको छ । त्यस्तै इच्छुक […]

पुरा पढ़नुश

उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण

काठमाडौं,२३ असोज । उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खड्काले कुलमानलाई  १५ वटा बुँदामा स्पष्टीकरण सोधेका हुन् । कुलमानलाई उनको कामको मुल्यांकन, काल्पनिक नाफा देखाएको, गुणस्तरी बिजुली नदिएको, ट्रान्सफरमर तथा बिजुलीका तारलगायतका खरीद टेण्डरलाई समेत उल्लेख गरेर स्पष्टीकरण सोधिएको छ […]

पुरा पढ़नुश

भारतीय नागरिक अनिल रुङ्गटा हुन्डिको रकम सहित पक्राउ।

बिरगंज ,२३ असोज । सशस्त्र प्रहरी पर्साले हुन्डिको रकम सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। असोज २२ गते बि.म.न.पा -१६ भन्सार मेनगेटमा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटीएको टोलिले चेकजाच गर्ने क्रममा श्रोत नखुलेको नेपालि रु ३ लाख ५३ हजार  र  प्रतिबन्धित भारतीय नोट ५०० दरले १७ […]

पुरा पढ़नुश

दशैंको छैठौ दिन आज कात्यायनी देवीको पूजाआराधना गरिदै

काठमाडौं,२३ असोज  । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज बुधबार घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा […]

पुरा पढ़नुश

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ,२३ असोज  । कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी प्रदेश प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि […]

पुरा पढ़नुश

प्रधानसेनापतिबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण

काठमाडौँ,२३ असोज  । नेपालीहरूको महान् चाड बडादशैँ २०८१ को पावन अवसरमा नेपाली सेनाद्वारा आश्विन २४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको प्रधानसेनापति अशोक राज सिग्देलले मंगलबार अन्तिम निरीक्षण गरेका छन् । निरीक्षण पश्चात् प्रधान सेनापतिले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र इन्जिनियर तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गरेका छन् । सोही अवसरमा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्सा गुल्म बिरगंजद्वारा १२ लाखको भन्सार छलीका सामान बरामद।

बिरगंज ,रसीद आलम,२२ असोज । सशस्त्र प्रहरी बल पर्सा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजलेरु.१२ लाख ८ हजार १ सय ७६ मुल्य बराबरको भन्सार छलीका  सामान बरामद गरेको छ। असोज २२ गते गुल्म बिरगंजका डिएसपी सुरज रिजालको कमान्डमा बि.म.न.पा-१६ भन्सार मेनगेट लगायत बिभिन्न सीमानाकाहरुबाट अबैध रुपमा ना २ ह ४७८५ नम्बरको अटो तथा अन्य बिभिन्न […]

पुरा पढ़नुश

धौलागिरी हिमाल आरोहण गर्न गएका पाँच रूसी नागरिकको मृत्यु

काठमाडौँ ,२२ असोज । धौलागिरी हिमाल आरोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको हो । १४ जना रूसी नागरिकको समूह  धौलागिरि हिमालको आरोहणका लागि गएकोमा ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए । […]

पुरा पढ़नुश

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

काठमाडौँ,२२ असोज  । काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै हिजो बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना […]

पुरा पढ़नुश