सहमति अनुसार ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ- लेखक

काठमाडौं ,२२ असार । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्ने स्पष्ट गरेका छन् । शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै लेखकले अब संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन् । उनले भने- ‘राष्ट्रिय […]

पुरा पढ़नुश

निरन्तरको वर्षापछि काठमाडौँ अस्तव्यस्त

काठमाडौँ ,२२ असार । निरन्तरको वर्षातका कारण काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ । बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ । यस्तै कुपण्डोल पुल मुनीको करिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका करिडोरमा पनि खोलाको पानी सडकमै […]

पुरा पढ़नुश

केपी ओलीको निवासमा कार्यरत् सशस्त्रका इन्स्पेक्टरको मृत्यु

  काठमाडौं,२२ असार । एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भएका थापा शनिबार बिहान साढे ५ बजे सूर्यविनायक-९ गुन्डुमा अचेत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी […]

पुरा पढ़नुश

अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खायो

काठमाडौँ,२२ असार  । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो । बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिकासँग सम्पर्क नभएपछि परिवारले प्रहरीमा हराएको उजुरी दिएका थिए । प्रहरीले बालिकाको खोजीका लागि स्थानीयको सहयोग मागेको थियो । यसका लागि प्रहरीले पार्क सञ्चालक […]

पुरा पढ़नुश

जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ,२२ असार  । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेखेका छन् । जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् […]

पुरा पढ़नुश

महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका

  महोत्तरी ,२० असार। महोत्तरीको गौशाला नगरपालिकामा ११ बर्षीय वालिका ७ दिनदेखि वेपत्ता भएकी छन । गत विहिवार गौशाला बजारमा किनमेल गर्न गएको वेला कृति कुमारी महतो वेपत्ता भएकी हुन । वडा नं. २ निगौल बस्ने महतो र सोही वडामा वस्ने १९ बर्षीय आकाश कुशवाहा एकैदिन वेपत्ता भएपछी वालिकाको परिवारले कुशवाहाले नै  वेपत्ता वनाएको हुन […]

पुरा पढ़नुश

ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद

रौतहट ,२२ असार । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुराको चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले परोहा नगरपालिका ८ कबीर चौक स्थित तस्करले भारतीय बजारबाट लुकाई छिपाई ल्याएको एकलाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद गरेको हो […]

पुरा पढ़नुश

७ लाख भन्दा बढीका भन्सार छलिका समान सशस्त्र प्रहरी पर्साको नियन्त्रणमा ।

रसीद आलम ,बिरगंज ,२१ असार। सशस्त्र प्रहरी पर्साले रु. ७ लाख २५ हजार ५ सय १५  बराबरको सामान बरामद गरि भन्सार दाखिला गरेको छ। प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको सशस्त्र प्रहरीका टोलीले बिरगंज -१६ ईदगाह चोकमा भारतबाट अबैध रुपमा भन्सार छलि विभिन्न सार्वजनिक सवारी साधन तथा ना ३५ प ६२८९ नम्बरको मोटरसाइकलमा लोड गरि […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौँ ,२१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गए विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले असाए २८ गए विश्वासको मत लिने गरि संसदको कार्यसूचीमा राख्न सभामुखलाई पत्र पठाएका हुन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संबिधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् । कांग्रेस-एमालेबीच […]

पुरा पढ़नुश

सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता

काठमाडौँ,२१ असार  । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरि केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ । क्यानको केन्द्रीय सम्झौताको ए […]

पुरा पढ़नुश