केपी ओलीको निवासमा कार्यरत् सशस्त्रका इन्स्पेक्टरको मृत्यु

समाचार

 

काठमाडौं,२२ असार । एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।

४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भएका थापा शनिबार बिहान साढे ५ बजे सूर्यविनायक-९ गुन्डुमा अचेत अवस्थामा भेटिएका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार उनलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा बिहान ६:५० मा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनास्थलमा प्रहरी वृत्त जगातीको टोली खटिएर अनुसन्धान थालेको कार्कीले बताए। मृतक थापाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

‘शरीरमा कुनै चोटपटक देखिएको छैन, मृतकको घर गुन्डु नै भएको बुझिएको छ,’ कार्कीले भने।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *