अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ

काठमाडौं ,१४ बैशाख ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२४ स्थितबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला महाकाली नगरपालिका-३ टाटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु, २१ वर्षीय आयुष बडु, झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरत राज खरेल, भारत महाराष्ट्र सांगली आटपाही थाना बस्ने ३७ […]

पुरा पढ़नुश

१० लाख बराबरको अबैध समान वडा प्रहरी कार्यालय विर्ताको नियन्त्रणमा

रसीद आलम,बिरगंज ,१४ बैशाख। वडा प्रहरी कार्यालय विर्ताले १० लाख बराबरको भन्सार छलिएका कपडा, मोबाईलको डिस्पले तथा गाडीको पार्टसहरु बरामद गरेको छ। बिभिन्न मिति र समयमा बिर्ता प्रहरीले प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा भारतवाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउंदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद गरेको सामानहरु नियन्त्रणमा लिई आवश्यक […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा लागु औषध सहित ४ जना महिला पक्राउ।

रसीद आलम,बिरगंज ,१४ बैशाख। सशस्त्र प्रहरी बल पर्साले प्रतिबन्धित लागु औषध सहित ४ जना महिलालाई नियन्त्रणमा लिएको छ। शुक्रबार  बिरगंज महानगरपालिका -१६ भन्सार मेनगेटबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा शरिरमा लुकाईछिपाई भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको प्रतिबन्धित कोडिन मिश्रित कफ सिरप ओरनेक्स१०० […]

पुरा पढ़नुश

इंस्पेक्टर मनोज शर्माद्वारा अवैध आर्केष्ट्रामा छापामारी,चार नाबालिगको उद्दार तीनजना संचालक पक्राउ।

रक्सौल ,१४ बैशाख। विशेष सूचनाको आधारमा तथा एनसीपीसीआर नई दिल्लीको निर्देशनमा बिहारको विभिन्न ठाउमा संचालनमा रहेको अवैध आर्केस्ट्रामाथि मानव तस्करी रोधी इकाई क्षेत्रक मुख्यालय एसएसबी बेतिया कार्यालय ४७ वीं वाहिनी सशस्त्र सीमा बल रक्सौलका इंस्पेक्टर मनोज कुमार शर्माको कमान्डमा छापामारी भएको छ। मानव तस्करी रोधी इकाई क्षेत्रक मुख्यालय एसएसबी बेतिया कार्यालय ४७ वीं वाहिनी सशस्त्र […]

पुरा पढ़नुश

प्रचलित कानुनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौँ ,१४ बैशाख । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ । प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन ति दुवै निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । निर्देशनमा भनिएको छ, “सुरक्षा […]

पुरा पढ़नुश

विहारको पटनामा होटलमा आगलागी हुदा ६ जनाको मृत्यु

पटना ,१४ बैशाख  । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् । आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ ।  यो आगलागी ग्यास सिलिन्डर विष्फोटका कारण […]

पुरा पढ़नुश

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

काठमाडौँ,१४ बैशाख  । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो । योसँगै रायमाझी हिरासतमै रहने भएका छन् । त्यस्तै सर्वोच्चले हज समितिका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ । […]

पुरा पढ़नुश

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं,१४ बैशाख  । सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । त्यस्तै आजको मन्त्रिपरिषद्को […]

पुरा पढ़नुश

बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख

काठमाडौँ ,१४ बैशाख । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना […]

पुरा पढ़नुश

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न

चितवन ,१४ बैशाख  । सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको छ । भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सेमुलेशन अभ्यास कार्यक्रममा उपमेयर चित्रसेन अधिकारी, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नं.३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका […]

पुरा पढ़नुश