सुनसरीको दुई स्थानमा निषेधाज्ञा,स्थीति नियन्त्रण लिनका लागि सुनसरीमा प्रहरीले गर्‍यो दर्जनौं हवाइ फायर

सुनसरी, २३ चैत सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा दुई पक्षबीच हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।   शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो । सुरक्षा संवेदन शीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक […]

पुरा पढ़नुश

संसद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन गरिरहेका छौँ- प्रधानमन्त्री

काठमाडौँ,२३ चैत  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्मा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताएका हुन् । “सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने सङ्कल्प अनुरूप […]

पुरा पढ़नुश

एमाले बारा अधिवेशन : ५ पदाधिकारीमा ११ जनाको उम्मेदवारी, आज मतदान

बारा, २३ चैत ।  नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दिुई जनासहित ११ जनाले उम्मेदवारी दिएका थिए ।   अध्यक्षमा अध्यानन्द पाण्डे र टिना सुवेदीले उम्मेदवारी दर्ता गरेका छन । दुई उपाध्यक्ष पदका लागि नारायण प्रसाद गौतम र भुलन चौधरीले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक […]

पुरा पढ़नुश

सोनिया गान्धी बनिन् राज्यसभा सांसद

दिल्ली ,२३ चैत  । भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले  राज्यसभा सांसदको सपथ लिएकी छन् ।  सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् । विहिबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य राज्यसभा सांसदहरूलाई सपथ गराएका हुन् । सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् । […]

पुरा पढ़नुश

जसपाले बझाङमा रामबहादुर जाग्रीलाई बनायो उम्मेदवार

काठमाडौँ,२३ चैत  । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बझाङ प्रदेश सभाको उपनिर्वाचनमा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ । जसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए । त्यसैगरी इलाम -२ मा भने जसपाले पहिचान पक्षधरबाट उम्मेदवार बनेका […]

पुरा पढ़नुश

पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स

काठमाडौँ,२३ चैत  । चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिटेन्स २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २५.३ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिटेन्स १८.८ प्रतिशतले वृद्धि भई ७ […]

पुरा पढ़नुश

मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक ब्रिफिङ प्रधानमन्त्रीलाई गर्नुपर्ने

काठमाडौं २३ चैत । मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको यस निर्णय […]

पुरा पढ़नुश

कति छ राहुल गान्धीको सम्पत्ति ?

दिल्ली ,२३ चैत । भारतीय नेशनल कांग्रेसका पूर्व अध्यक्ष र लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सीटबाट उम्मेदवारी दर्ता गराएका छन् । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सीटबाट चुनाव लडेका थिए । अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार बेहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए । राहुलले यसपटक […]

पुरा पढ़नुश

साढे ५ लाख बराबरको विभिन्न अबैध समानसहित एक मोटरसाइकल सशस्त्र प्रहरी पर्साको नियन्त्रणमा ।

बिरगंज ,२२ चैत । सश प्रहरी बल नेपाल न.१३ गण पर्सा मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले रु.५ लाख ५१ हजार ४ सय ६८ बराबरको भन्सार छलिएका अबैध समान सहित एउटा मोटरसाइकल पक्राउ गरेको छ। गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि बिभिन्न सवारी साधनहरुमा लोड गरी […]

पुरा पढ़नुश

पर्सा :तरकारीमा लागू औषध बरामद ।

रसीद आलम,बिरगंज ,२२ चैत । पर्सा प्रहरीले तरकारीको बोराभित्र लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषधसहित एक जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी थाना हरपुर वडा नं.२ बस्ने वर्ष २६ को राजकरण साह रहेको पर्सा प्रहरीले जनाएको छ। चैत २१ गते  दिउसो १:०० बजेको समयमा वीरगञ्जको महानगरपालिका वडा नं.१५ फुलवारी टोल […]

पुरा पढ़नुश