पर्सा :लागु औषध सहित ४ जना पक्राउ।

रसीद आलम,बिरगंज ,६ चैत । लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। चैत ५ गते वीरगञ्जको महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आवत जावत गर्ने सवारी साधन तथा यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१७ शारदानगर […]

पुरा पढ़नुश

सर्लाहीमा अमेरिकन पेस्तोलसहित २ जना पक्राउ

सर्लाही, ६ चैत। सर्लाही प्रहरीले एकथान अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरा लाई पक्राउ गरेका छन् । बरहथवा नगरपालिका-६ मगरटोलस्थित जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट सादा पोशाकमा गएका संयुक्त टोलीले सोमबार राति पौने नौ बजेको समयमा अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरालाई पक्राउ गरेको हो।   पक्राउ पर्नेमा भारत […]

पुरा पढ़नुश

दोषी देखिए रवि लामिछानेलाई कारबाहीबाट रोक्न कसैले सक्दैन : प्रधानमन्त्री

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा कैफियत गरेको देखिए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बताएका छन् । आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सहकारी ठगी प्रकरणमा हालसम्म गृहमन्त्री लामिछानेको भूमिका नदेखिएको बताए । यद्यपि, पछि कैफियत […]

पुरा पढ़नुश

रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ भएको छ : प्रधानमन्त्री

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको म‌ंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन् ।   “सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसमा […]

पुरा पढ़नुश

बिओपी प्रसौनीभाठाद्वारा प्रतिवन्धित बोईलर कुखुराको चल्लासहित भारतीय नम्बरको मोटरसाइकल पक्राउ।

रसीद आलम,पर्सा,६ चैत । सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत बोर्डर आउट पोष्ट प्रसौनीभाठाले प्रतिवन्धित बोईलर कुखुराको चल्लासहित एक भारतीय नम्बरको मोटरसाइकल पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मंगलवार बिहान् ६:१५ को समयमा पर्साको विन्दवासिनीको गा.पा.-५ प्रसौनीभाठा पुल नीरबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपानेको कमाण्डमा […]

पुरा पढ़नुश

पर्सा :लागु औषध गाँजा सहित एक जना पक्राउ ।

रसीद आलम,बिरगंज ,६ चैत । वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित एक जनालाई लागु औषध गाँजा ३ के.जी.२०० ग्राम सहित पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले चेकजाँचको क्रममा चैत ४ गते दिउँसो २:३० मा पर्सागढी न.पा.वडा नं.९ एकटांगा बस्ने बर्ष ४२ को मुरारी प्रसाद यादवले लागु औषध गाँजा आफ्नै शरीरमा […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं, ६ चैत । प्रतिनिधिसभा बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।   संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।   यसैगरी, अर्थमन्त्री बर्षमान […]

पुरा पढ़नुश

भारतमा एउटै बिरामीको दुवै मृगौला प्रत्यारोपण, चिकित्सा इतिहासमा पहिलो घटना

नयाँ दिल्ली, ६ चैत । आखिर, चिकित्सा इतिहासमा भारतीय चिकित्सा विज्ञान संस्थानले यस्तो उपलब्धि हासिल गरेको छ, जो कसले सोच्नै सक्दैन।   खासमा दिल्ली एम्सका डाक्टरहरूले फेरि इतिहास रचेका छन्। वास्तवमा, एक ५२ वर्षीया महिला भर्खरै त्यहाँ भर्ना भएकी थिइन्। जसको दुबै मिर्गौला बिग्रिएको थियो । जसलाई तत्काल मिर्गौला प्रत्यारोपण आवश्यक छ । यस्तो अवस्थामा […]

पुरा पढ़नुश

निर्वाचित भए लगत्तै पुटिनले भने, ‘तेस्रो विश्वयुद्दका लागि एक कदम मात्रै टाढा छौं’

मस्को, ६ चैत । रुसका राष्ट्रपतिमा निर्वाचित भए लगत्तै भ्लादिमिर पुटिनले विश्व तेस्रो विश्वयुद्दको संघारमा रहेको बताएका छन् ।   निर्वाचित भए लगत्तै पश्चिमा राष्ट्रलाई उनले चेतावनी दिदै भनेका छन कि रुस र अमेरिकाको नेतृत्वमा रहेको नाटो सैन्य गठबन्धनबीच प्रत्यक्ष द्वन्द्वको अर्थ पृथ्वी तेस्रो विश्वयुद्धबाट एक कदम मात्र टाढा रहनु हो । उनले भने, ‘तर, […]

पुरा पढ़नुश

५० बर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक

काठमाडौं, ६ चैत । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ ।   यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ। ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ […]

पुरा पढ़नुश