रसीद आलम,पर्सा,६ चैत ।
सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत बोर्डर आउट पोष्ट प्रसौनीभाठाले प्रतिवन्धित बोईलर कुखुराको चल्लासहित एक भारतीय नम्बरको मोटरसाइकल पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा मंगलवार बिहान् ६:१५ को समयमा पर्साको विन्दवासिनीको गा.पा.-५ प्रसौनीभाठा पुल नीरबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपानेको कमाण्डमा खटिएको टोलिले रु १ लाख ४० हजार बराबरको अबैध चल्ला तथा रु १ लाख बराबरको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको बिओपीले जनाएको छ।
भारतबाट अबैध रूपमा चोरी पैठारीगरी बिआर ०५ एएक्स ५०३२ नम्बरको भारतिय मोटरसाइकलमा बोकी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलि देखेर चल्लासहित मोटरसाइकल छाडी ब्यक्ति फरार भएको हुदा २० कार्टूनमा ३५०० गोटा प्रतिवन्धित बोईलर कुखुराको चल्लाहरु बेवारिसे बरामद गरि स्थानीय जनप्रतिनिधि ,पशुक्वेरन्टाईनको प्रतिनिधि तथा संचारकर्मिहरुको रोहवरमा बिओपी प्रसौनीभाठा परिसर बाहिर खाड्लमा पुरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको मोटरसाइकललाई आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाईएको बिओपी प्रसौनीभाठाले जानकारी गराएको छ।