बारामा चालक सहित तीनको मृत्यु, २७ जना घाइते (घाइतेकाे सुचीसहित)

  बारा, ४ पुस ।  बुधबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका २२ स्थीत तीन नम्बर पुल नजिक बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।   मृत्यु हुनेमा ट्रक चालक तन्हु जिल्ला पिपरटार निवासी २८ वर्षिय पुर्ण गुरूङ, बस चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका ०३ निवासी […]

पुरा पढ़नुश

पर्सा: लाखौं मूल्य बराबरको प्याज लोड रहेको पिकअप पक्राउ।

बिरगंज ,३ पुस। बिल बिजक भन्दा बढी प्याज लोड रहेको पिकअप पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ। पुस १ गते राती १:१५ मा बिल विजक भन्दा बढी प्याज बोकेको पिकअप वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.४ च ८७१३ नम्बरको मालवाहक पिकअपलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा भारतीय एम्बुलेन्स तथा चालक पक्राउ।

रसीद आलम,बिरगंज ,३ पुस । बिना भन्सारको भारतबाट नेपाल भित्रीएका भारतीय एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भारतीय बोलेरो एम्बुलेन्स भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामिण एरिया तथा महानगरपालिका भित्रमा अनाधिकृत रुपमा प्रयोग गर्दै आईरहेको विशेष सूचनाको आधारमा पुस […]

पुरा पढ़नुश

हुण्डीको १६ लाखसहित एक जना पक्राउ

विराटनगर, ३ पुस । सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार  विराटनगर–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ गरेको हो। साहलाई विराटनगर–७ स्थित प्रशासन रोडबाट मंगलबार पक्राउ गरिएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितले […]

पुरा पढ़नुश

भूकम्पमा परी चीनमा १ सय बढीको मृत्यु

बेइजिङ, ३ पुस । चीनको गान्सु प्रान्तमा सोमबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.२ मापन गरिएको छ ।   चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC)का अनुसार पश्चिमी चीनको गान्सु प्रान्तमा सोमबार राति १२ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार चीनको गान्सु प्रान्तमा […]

पुरा पढ़नुश

एप्पलद्दारा दुइ सिरिजका स्मार्ट वाच नबेच्ने घोषणा, बजारबाट हटायो

न्युयोर्क, ३ पुस । यदि तपाइँ एप्पलको पछिल्लो स्मार्टवाच श्रृंखला किन्ने योजनामा ​​हुनुहुन्छ भने एकछिन रोकिनु होस ।   हो, अब तपाइँ यसलाई अहिले किन्न सक्षम हुनुहुने छैन। वास्तवमा कम्पनीले अमेरिकामा वाच अल्ट्रा २ र ९ सिरिजको बिक्रीमा प्रतिबन्ध लगाएको छ । र यो चाँडै अमेजन र अन्य ई– कमर्स वेबसाइटहरूबाट पनि विक्रीका लागि हटाइनेछ। […]

पुरा पढ़नुश

बारा:पाँच लाख घुससहित वडा अध्यक्ष पक्राउ( भिडियो सहित)

बारा,२ पुस। बाराको जीतपुर सिमरा उपमहानगर–३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले ५ लाख घुससहित सोमवार दिउँसो पक्राउ गरेको हो। सडक बनाउने क्रममा स्थानीय राजन उप्रेतीसँग घुसबापत लिएको पाँच लाख रुपैयाँसहित कार्की जितपुरस्थित जैसवाल होटलबाट पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको […]

पुरा पढ़नुश

अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पतालमा भर्ना

कराँची, २ पुस । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन् । विष सेवनका कारण उनलाई अस्पताल भर्ना गरिएको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।   अस्पतालभित्र कडा सुरक्षा घेरामा राखेर उनको दुई दिनदेखि उपचार भइराखेको छ । दाउद इब्राहिम भारतको मोस्ट वान्टेड आतंकवादी हुन् । संयुक्त राष्ट्र संघले […]

पुरा पढ़नुश

विप्लवसहित नेकपाका नेताविरुद्ध पक्राउ पुर्जी जारी, समाजवादी मोर्चाको आपत्ति

काठमाडौँ, २ पुस । समाजवादी मोर्चा नेपालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित सो पार्टीका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले एक विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको संयोजक नेपालले जनाएका छन् । विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल […]

पुरा पढ़नुश

मलेसियामा सहकर्मीको हत्या गरेको अभियोगमा काठमाडौंबाट युवक पक्राउ

काठमाडौं, २ पुस । मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर फरार भएका एक युवक काठमाडौंबाट पक्राउ परेका छन्। महोत्तरी गौशालाका अनिलकुमार साहलाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो। साहले गत २५ मंसिरमा सहकर्मी झापा शिवसताक्षीका धनबहादुर प्रधानको हत्या गरेका थिए। हत्यापछि नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। मलेसियास्थित नेपाली दूतावास तथा इन्टरपोलसँगको […]

पुरा पढ़नुश