अमेरिकन कर्मचारीले सामुहिक पत्रमार्फत भने, ‘गाजामा तत्काल युद्धबिराम गर’

गाजा, २३ कार्तिक । गाजा युद्धविरामलाई समर्थन गर्ने पत्रमा युएसएडका १ हजार भन्दा बढी कर्मचारीहरूले हस्ताक्षर गरेका छन् । युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएड) का १ हजार भन्दा बढी कर्मचारीहरूले गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै एउटा पत्रमा हस्ताक्षर गरेका हुन ।   हस्ताक्षरकर्ताहरूमा युएसएआईडीका विभागहरू र विदेशी मिसनहरूका अधिकारीहरू समावेश रहेको जनाईएको छ । […]

पुरा पढ़नुश

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

काठमाडौं, २३ कार्तिक । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागीता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  ।   भेटमा दुई देश बीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक पक्राउ ।

बिरगंज ,२२ कार्तिक । बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। कार्तिक २१ गते १:०० बजे राती बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट सिराहातर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.३ ख ६९९ नम्बरको मालवाहक ट्रकलाई […]

पुरा पढ़नुश

चीनले दियो भूकम्पपीडितका लागि ४० करोड बराबरको राहत सामग्री  

पोखरा, २२ कात्तिक । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत् जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे ।   नेपाल र […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी वल बारा बिओपी बरैनियाद्वारा २ लाख ५० हजार बराबरको कपडासहित ५ लाख भन्दा बढीका अबैध समानहरु बरामद ।

बारा,२२ कार्तिक । सशस्त्र प्रहरी वल बारा बिओपी बरैनियाले भन्सार छली अवैध चोरी निकासी, पैठारीको विभिन्न किराना सामनहरु, कुखुरा , कपडा  लगायतका सामाग्री रु.५ लाख भन्दा बढीका बरामद गरेको जनाएको छ। बिओपी बरैनियाका बिओपी पति सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमान्डमा खटिएका टोलीले विभिन्न मितिमा भन्सार छली अवैध तरिकाबाट चोरी निकासी, पैठारीको विभिन्न सामानहरुमा अबैध […]

पुरा पढ़नुश

चिनिया कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै

काठमाडौं, २२ कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् । नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज बुधबार नेपाल आउन लागेका हुन् । तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्धिपक्षिय तथा आपसी हितका बारेमा छलफल गर्नेछन । प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत […]

पुरा पढ़नुश

एकजना मन्त्रीलाई फोकल ब्यक्ति तोकेर भुकम्प पीडितलाइ राहात दिलाऊँः सुर्य थापा

काठमाडौं, २२ कार्तिक । नेकपा एमालेका सांसद सुर्य थापाले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई राहात दिन एक एकजना मन्त्रीलाई ‘फोकल ब्यक्ति’को रुपमा तोकेर काम गर्नुपर्ने बताएका छन् ।   गत शुक्रबार राती गएको भुकम्पमा परी ज्यान गुमाएका, घाइते भएका तथा धनजनका क्षति भएका परिवारलाई राहात दिनका लागि ‘फोकल ब्यक्ति’ तोकेर काम गर्न सुझाव दिएका हुन […]

पुरा पढ़नुश

८० बर्ष पछि अचानक जनसंख्या घटे पछि चीन चिन्तित, बिज्ञले भने आम्दानी बढाउ

बेइजिङ, २२ कार्तिक । चीनमा विगत केही दशकदेखि लगातार बढिरहेको जनसंख्या वृद्धिका कारण यो देशको जनसङ्ख्या अर्ब नाघेको थियो ।   यो बढ्दो जनसङ्ख्यालाई कम गर्न सन् १९८० मा चीनले दम्पतीलाई एउटा मात्र बच्चा जन्माउन दिने नीति लागू गरेको थियो। जसलाई  ‘एक सन्तान नीति’ नाम दिइएको थियो ।   चीनको यो नीति ३६ वर्ष अर्थात […]

पुरा पढ़नुश

अबैध बाटोबाट अमेरिका छिर्न खोज्ने ९६ हजार बढी भारतीय पक्राउ

नयाँदिल्ली, २२ कार्तिक । अबैध रुपमा अमेरिका छिर्न खोज्ने भारतीयहरुको संख्या अत्याधिक रुपमा बृद्धी भएको छ । विगत वर्षको तुलनामा सन २०२२–२३ मा अवैध रूपमा अमेरिका र मेक्सिकोमा प्रवेश गर्ने भारतीयहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको  तथ्यांक सार्बजनिक भएको हो ।   अमेरिकाको भन्सार र सीमा सुरक्षाको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर  २०२२ देखी सेप्टेम्बर २०२३ को […]

पुरा पढ़नुश

प्रहरी चौकी ईनर्वाद्वारा लागु औषध सहित एक जना पक्राउ ।

बिरगंज ,२१ कार्तिक । प्रहरी चौकी ईनर्वाको प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष केसीको कमान्डमा लागु औषध सहित मकवानपुरका एक जना मानिस पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार्तिक २० गते  दिउँसो १२:०० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट […]

पुरा पढ़नुश