मोटरसाइकल दुर्घटनामा विद्यार्थीको मृत्यु

  बारा, २६ असार । स्नातक तह तेस्रो वर्षको परिक्षा दिएर सिमराबाट घर फर्क‌ंदै गरेका पर्साका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा अर्का एक विद्यार्थी घाइते भएका छन् । पथलैया–वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा मोटरसाइकल दुर्घटना हुँदा पर्सा बहुदरमाई ९ का करिब २३ वर्षीय विजय शर्माको मृत्यु भएको हो । उनी ठाकुरराम बहुमुखी […]

पुरा पढ़नुश

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजद्धारा २ लाख भन्दा बढी मुल्यको विभिन्न सामानहरु बरामद।

रसीद आलम ,वीरगंज, २५ असार । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्राईएको २ लाख भन्दा बढिको अवैध सामानहरु बरामद गरेको छ । भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको सामानहरुमा विभिन्न किसिमका लत्ताकपडा, मोवाईल ब्याट्री, किराना सामानहरु काजु, पेय पदार्थहरु लगायतका सामानहरु रहेका सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

मेरो अभिव्यक्तिले असहजता पुर्‍याएकोमा दुःख व्यक्त गर्छु : प्रधानमन्त्री

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिले असहजता पुरयाएकोप्रति दुःख व्यक्त गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उनले कसैलाई असहजता पार्ने आफ्नो मनसाय नरहेको बताए । सदन अवरुद्ध गर्ने शैलीलाई बदल्नुपर्ने भन्दै उनले संवाद र छलफलबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

पुरा पढ़नुश

गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने समूह पक्राउ

काठमाडौं, २५ असार । प्रहरीले वैदेशिक रोजगारमा गएका कामदारलाई प्रयोग गर्दै गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै केही रकम र होटल खर्च दिएर वैदेशिक रोजगारबाट फर्कने कामदारलाई प्रयोग गरेर कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।   पक्राउ […]

पुरा पढ़नुश

झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जना पक्राउ

काठमाडौं, २५ असार । झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–५ का चेतन गजमेर र भुवनसिंह गजमेर पक्राउ परेको प्रहरीले जनाएको छ ।   चेतनले भुवनसिंहलाई आफ्नो बाबु भनी पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेका थिए ।   प्रशासनले गरेको स्थलगत सर्जमिनमा भुवनसिंह चेतनको बाबु […]

पुरा पढ़नुश

राप्रपाको मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनीत

काठमाडौं, २५ असार । राप्रपाको केन्द्रीय सचिवालयका मुख्यसचिवमा केन्द्रीय सदस्य केदारबहादुर अधिकारीलाई मनोनीत गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्य अधिकारीलाई केन्द्रीय सचिवालयको मुख्यसचिव पदमा मनोनीत गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । अधिकारी नेपाल सरकारका पूर्वसचिव समेत हुन् ।

पुरा पढ़नुश

मुगुमा हेलिकप्टरबाट दुई सुत्केरीको उद्वार

  मुगु, २५ असार । मुगुमा साेमबार एकै पटक हेलिकप्टरमार्फत दुईजना सुत्केरी महिलाको उद्वार गरिएकाे छ । छायाँनाथ रारा नगरपालिका-२ कि कल्पना बुढा र वडा नं १० कि अमृता बुढाकाे हेलिकप्टरबाट उद्वार गरिएको हाे । दुवै सुत्केरी महिला र बच्चाको ज्यान जाेखिममा रहेकाे हुँदा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतमा […]

पुरा पढ़नुश

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन् । सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने’ […]

पुरा पढ़नुश

आजबाट सोमबारको व्रत सुरु, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं, २५ असार । साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ । महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए । ‘तिथिअनुसार सउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपाशना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भनेका छन् । व्रत […]

पुरा पढ़नुश

बालेन शाहको प्रश्न- के म आजदेखि अपराधी भए ?

काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् । सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् । ‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले […]

पुरा पढ़नुश