कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २८ जना घाइते

धनगढी, ७ चैत कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्। सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो। बर्दगोरिया गाउँपालिका ६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला […]

पुरा पढ़नुश

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । मंगलबार बिहान एक शुभकामना सन्देश जारी गर्दै जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै प्रधानमन्त्री प्रचण्डले शुभकामना व्यक्त गरेका हुन् ।

पुरा पढ़नुश

त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला

काठमाडौं, ७ चैत त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन्। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन्। नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले संगठनको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजित तीन महिना भित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरि वडैलालाई जिम्मेवारी दिइएको […]

पुरा पढ़नुश

महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय

  महोत्तरी, ७ चैत महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ। जय मा इन्टरप्राइजेजका सञ्चालक सूर्यनारायण साहले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको २८२ कार्टुन सामान प्रहरीले नियन्त्रण लिएपछि उक्त खुलासा भएको हो। जलेश्वर-२ स्थित रामप्रसाद चौधरीको घरमा अवैध सामान स्टोर गर्ने गरेको सूचनापछि प्रहरीको […]

पुरा पढ़नुश

जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु

रौतहट, ६ चैत रौतहटमा जंगली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर धन्सार सडकखण्डअन्तर्गत जंगलमा घाँस काट्न गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोमबार बिहान साढे ९ बजेतिर घाँस काट्न गएकी चन्द्रपुर नगरपालिका-४ बस्ने ४९ वर्षीया मिना मगरलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो । हात्तीको आक्रमणबाट मगरको घटनास्थलमै […]

पुरा पढ़नुश

रविमाथि राहदानी दुरुपयोग मुद्दा नचल्ने

काठमाडौं, ६ चैत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज लामिछानेमाथि मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए । महान्यायाधिवक्ताको निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन् […]

पुरा पढ़नुश

मकवानपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

मकवानपुर, ६ चैत मकवानपुरमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को चौतारा जंगलमा घाँस काट्न जाँदा रुखबाट लडेर एक महिलाको मृत्यु भएको हो । स्थानीय ३८ वर्षकी राजलक्ष्मी गोले जंगलमा घाँस काट्न जाँदा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

पुरा पढ़नुश

बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु

बर्दिया, ६ चैत बर्दियामा बाघले आक्रमण गरेर दुई जनाको ज्यान लिएको छ । मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो । मधुवन नगरपालिका-५  का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा […]

पुरा पढ़नुश

प्रचण्डले ओलीलाई भने- मैले तपाईंलाई प्रधानमन्त्री बनाएको ब्याज तिर्न अझै बाँकी छ

काठमाडौं, ६ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको बताउँदै ओलीले त्यसको ब्याज तिर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् । विश्वासको मत लिने क्रममा सोमबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले ओलीलाई आफूले गरेको सहयोगको हिसाब किताब राख्न आग्रह गरे । ‘मैले तपाइँलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ […]

पुरा पढ़नुश

दोस्रो पटक प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं, ६ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन्। उनको विपक्षमा ८९ मत खसेको छ। एक जना तटस्थ रहे। दाहालले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो […]

पुरा पढ़नुश