सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं, ३० फागुन । काठमाडौं र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका २ ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका–१ घर भएका २४ वर्षीय संदिप तामाङ रहेका छन् ।   बाग्मती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनी टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा […]

पुरा पढ़नुश

डोटीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना

धनगढी, ३० फागुन ।  डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। सिलगढीदेखि  दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२६९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

पुरा पढ़नुश

विर अस्पातालका पाँच स्टाफ नर्सलाई स्वास्थ्य मन्त्रालयले हटायो

काठमाडौं, ३० फागुन  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ।   कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्र्तगत कार्यरत स्टाफ नर्सहरुलाई सेवावाट हटाईएको हो ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र […]

पुरा पढ़नुश

लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ

कञ्चनपुर, ३० फागुन कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको बेदकोट नगरपालिका–७ बाट लागूऔषध चरेशसहित मदनदेव भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई ०.०७२ ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउगरी आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

पुरा पढ़नुश

पर्सामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु ।

रसीद आलम ।बिरगंज ,फागुन २९।पर्सामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको तथा अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । पर्सा प्रहरीका अनुसार पटेर्वा सुगौली गा.पा.वडा नं. ४ स्थित सडकखण्डमा मे. १ त ४८१७ नम्बरको ट्याक्टरले  विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा  साईकलमा सवार जिल्ला पर्सा धोविनी गा.पा वडा नं. ३ गुलरिया बस्ने […]

पुरा पढ़नुश

उपराष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीसँग जसपाको आग्रह

काठमाडौं, २९ फागुन । जनता समाजवादीका नेताहरुले उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका जसपा संसदीय दलका नेता रामसहाय यादवलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । आगामी ३ चैतमा उपराष्ट्रपति पदको निर्वाचन हुँदै छ ।  प्रधानमन्त्री प्रचण्डलाई सोमबार भेटेर उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्न आग्रह गरेको जसपा नेता प्रदीप यादवले जानकारी दिए । जवाफमा […]

पुरा पढ़नुश

‘ब्याज दर हामीलाई चर्को भो, गरिखान गाह्रो भो’ भन्दै व्यवसायी उत्रिए सडकमा

काठमाडौं, २९ फागुन । उद्योगी र व्यवसायीहरुले सोमबार बैंक तथा वित्तीय संस्थाले चर्काे ब्याज असुलेको विरोधमा प्रदर्शन गरेका छन् । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरमा बैंक तथा वित्तीय समस्या संघर्ष समितिको नेतृत्वमा उद्योगी र व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका उनीहरुले ‘ब्याज दरमा स्थितरता कायम गर, चालु पुँजी निर्देशिक स्थगित गर, ब्याज […]

पुरा पढ़नुश

गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना, एकको मृत्यु, सात घाइते

पोखरा, २९ फागुन गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्। गोरखा नगरपालिका–६ बिसौनीमोडमा प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनिट्रक अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो। गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको मिनिट्रकले बा ८६ प १७८६ नम्बरको मोटरसाइकल र पैदलयात्रुलाई समेत […]

पुरा पढ़नुश

अनलाइनमार्फत १५ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं, २९ फागुन अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १५ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो। उनले पीडितलाई सामाजिक संजाल टिकटकमार्फत साथी बनाई आफूलाई ईंगल्याण्डको नागरिक बताएको र नेपाल आएपश्चात विवाह गरी ईंगल्याण्ड लैजाने प्रलोभन देखाइ ठगी गरेको […]

पुरा पढ़नुश

काठमाडौंमा वर्षा जारी

काठमाडौं, २९ फागुन काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। काठमाडौंमा परिरहेको वर्षा अझैँ २/३ घण्टा  जारी रहने महाशाखाको भनाइ छ।

पुरा पढ़नुश