राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ । यो रिपो चैत २ गते परिपक्क हुनेछ । राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो । […]

पुरा पढ़नुश

कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लियाे

सुर्खेत, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् । प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् ।

पुरा पढ़नुश

तीन वर्षीया छोरीकाे हत्या आराेपमा बुबा पक्राउ

बाग्लुङ, १८ फागुन । आफ्नै छोरी ३ वर्षीया अरिसा दिनको हत्या गरेकोआराेपमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको छ । सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

पुरा पढ़नुश

एमालेका नेताहरू रास्वपाको कार्यालयमा

काठमाडौं, १८ फागुन । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले आफूलाई मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् । बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय धुम्बाराही पुगेर आफूलाई मत दिन आग्रह गरेका छन् । रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुलाई भेटेर एमालेका नेताहरुले राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् । […]

पुरा पढ़नुश

केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोजौँ : प्रधानमन्त्री

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत २६ पुसमा बसेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको जानकारी दिएका छन् । काठमाडौंमा बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २६ पुसको […]

पुरा पढ़नुश

कांग्रेस नेता प्रदीप पौडेल र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता

  काठमाडौं, १८ फागुन नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटवार्तामा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ । पौडेल र शाहबीच कलंकीदेखि […]

पुरा पढ़नुश

महोत्तरीबाट घुस रकमसहित एक जना पक्राउ

  महोत्तरी, १८ माघ महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ । बिहीबार जलेश्वरस्थित मालपोत कार्यालयमा एक जना सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पण्डितलाई पक्राउ गरेको हो । साँधको जग्गा अर्कालाई बेचिदिएकोमा सँधियारले थैली जम्मा गरेर लिन खोज्दा पैसा लिने […]

पुरा पढ़नुश

संकास्पद बिल बिजक रहेका पिकअप बिरगंजमा पक्राउ ।

रसीद आलम।पर्सा ,फागुन, १८।बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको पिकअप पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको पिकअप गाडी विरगञ्ज तर्फ ल्याउदै गरेको  सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले फागुन १७ मा वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडकखण्डबाट बि आर ०५ जि बि ९३२३ […]

पुरा पढ़नुश

बिरगंजमा खैरो हिरोइन सहित दुई जना पक्राउ ।

रसीद आलम।पर्सा ,फागुन १८।बिरगंजमा खैरो हिरोइन सहित दुई जना ब्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटमा वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोली  चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ संकास्पद रूपमा आईरहेको भारत पश्चिम बंगाल जिल्ला माल्दा बमनग्राम बस्ने […]

पुरा पढ़नुश

फरार प्रतिवादी पक्राउ ,पर्सा अदालतद्वारा जेल चलान ।

रसीद आलम।पर्सा , १८ फागुन । वडा प्रहरी कार्यालय श्रीपुर पर्साले अपहरण तथा शरीर बन्धक/ जबरजस्ती चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना प्रतिवादीलाई  पक्राउ गरी अदालतमा पेस गरेको छ । पर्सा जिल्ला अदालत तथा उच्च अदालत जनकपुर अस्थायी ईजलाश बिरगंजबाट फैसला कार्यान्वयनका क्रममा फरार सूचीमा रहेका उनलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा […]

पुरा पढ़नुश