सुन तस्करीबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाले बुधबार दिउँसो १ बजेर ५० मिनेटमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो । प्रस्तावको डोलप्रसाद अर्याल, सन्तोष परियारसहित १६ जना रहेका छन् भने समर्थकमा रवि लामिछाने, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ र सोविता गौतम […]

पुरा पढ़नुश

प्रमुख निर्वाचन आयुक्त थपलियाले माफी नमाागे महाअभियोग लाग्छ : प्रदीप यादव

काठमाडौं, १० साउन । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई महाअभियोग लगाउने चेतावनी दिएका छन् । निर्वाचन खर्च विवरण नबुझाउने र सार्वजनिक नगर्ने उम्मेदवारमाथि कारबाहीसम्बन्धी मंगलबार आयोगले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै उनले त्रुटिपूर्ण उक्त विज्ञप्तिप्रति माफी नमागे प्रमुख आयुक्त थपलियालाई महाअभियोग लाग्ने चेतावनी दिएका हुन् । […]

पुरा पढ़नुश

चिनियाँ परराष्ट्रमन्त्री बर्खास्त

काठमाडौं, १० साउन । चीन सरकारका परराष्ट्रमन्त्री छिन काङ पदबाट बर्खास्त भएका छन्।   तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए। उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन।   राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ।   अब परराष्ट्रपमन्त्रीको जिम्मेवारी वाङ यीले पाउने छन्। […]

पुरा पढ़नुश

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् ।   गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेकोसमेत बताएका हुन ।   आफ्नो नेतृत्वमा वर्तमान […]

पुरा पढ़नुश

भाजपाको निमन्त्रणमा माओवादीका नेताहरु आज दिल्ली जाँदै

काठमाडौं, ७ साउन । नेकपा माओवादी केन्द्रका नेताहरु आज भारत भ्रमणमा जाँदैछन् ।   भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी नेताहरु भारत भ्रमणमा जान लागेका हुन ।   माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा आज निस्कन लागेका हुन । माओवादी केन्द्रका अनुसार भुषालको नेतृत्वमा जाने […]

पुरा पढ़नुश

निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झारिने

काठमाडौं, ६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने निर्णय गरेको छ ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा बसेको उच्चस्तरीय व्यवस्थापन समुहको बैठकले यस्तो निर्णय गरेको हो ।   पदभार ग्रहण गरे देखि नै मन्त्री मोदीले […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै

काठमाडौं, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली जाने भएका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गर्न लागेका हुन ।   प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त […]

पुरा पढ़नुश

गृहमन्त्रीको राजीनामा माग्न आफ्ना नेतालाई कांग्रेसका जीतजंग बस्नेतको चुनौती

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने बताएका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै अब गृहमन्त्रीको राजीनामा माग्न जान पार्टीका नेतालाई चुनौती दिएका छन् । बालकृष्ण खाणलाई पक्राउ गरेकोमा […]

पुरा पढ़नुश

सुन प्रकरणको अनुसन्धान स्वतन्त्र रूपमा निष्कर्षमा पुग्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ५ साउन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन्।   बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका हुन्।   अनुसन्धानलाई गम्भिरतापूर्वक अगाडि बढाउने उनले बताए । ‘अनुसन्धानको बारेमा यो घटना घटे पनि, नघटे पनि जुन घटना हुन्छ। […]

पुरा पढ़नुश

राप्रपा नेपालले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने

काठमाडौं, ५ साउन । आज काठमाडौंमा राप्रपा नेपालले बिरोध प्रदर्शन गर्ने भएको छ ।   संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित बिरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन ।   भद्रकालिमा भेला भई न्युरोड, असन हुदैँ रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् ।   भ्रष्टचार बिरोधी तथा सुशाषनको पक्षमा, […]

पुरा पढ़नुश