३७ डिएसपी एसपी बढुवामा सिफारिस

काठमाडौं ,१२ माघ । प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गरेको छ। प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शुक्रबार राति एसपी बढुवा सिफारिस गरेको हो। हालसालै बढुवा भएपछि र रिक्त रहेको ३७ एसपी दरबन्दीमा प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो। बढुवाको पहिलो नम्बरमा कुलदीप चन्द परेका छन्। […]

पुरा पढ़नुश

पर्सा जिल्ला प्रहरी प्रमुख ढुङ्गेलकाे सरुवा, मिश्र जिम्मेवारी सम्हाल्न आउने

बिरगंज ,११ माघ । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलको सरुवा भएको छ। उनलाई नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा, नक्साल, काठमाडौंमा सरुवा गरिएको हो। उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत गौतम मिश्र पर्साको प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न आउने भएका छन्। प्रहरी उपरीक्षक ढुङ्गेलसहित […]

पुरा पढ़नुश

बीरगंजमा लागुऔषध गाँजासहित एक युवक पक्राउ

पर्सा,११ माघ । पर्सा जिल्लाको बीरगंज-१६ फुलवारी टोलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले छापामारी गर्दै लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। २०८१ माघ ११ गते राति ८:३० बजे सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म, बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा विशेष सूचना आधारमा गरिएको अपरेशनमा लागुऔषध पहिचान गर्ने दृष्टि नामक कुकुरको सहयोग लिइएको थियो। […]

पुरा पढ़नुश

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन ।   कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी उनले कामनासमेत गरेका […]

पुरा पढ़नुश

वीरगञ्ज बसपार्कबाट काठमाडौं जाँदै गरेका बसमा साढे ८ लाख बराबरका मोबाइल पार्ट्स बरामद

बारा, ११ माघ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरले लाखौँ मूल्य बराबरका भन्सार छली गरिएका मोबाइलका विभिन्न पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल गण नम्बर १२ बारा अन्तर्गतको सुरक्षा बेस जितपुरले चेकजाँचका क्रममा ८ लाख ५१ हजार रुपैयाँ बराबरका मोबाइल पार्ट्स एक बसबाट बरामद गरेको हो। बेसका डिएसपी प्रकाशचन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले […]

पुरा पढ़नुश

मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु

रूपन्देही,११ माघ  । बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित सडकमा लु.९३ प ९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको छ। मोटरसाइकलले बुधबार बेलुकी ठक्कर दिँदा गम्भीर घाइते भएका उनको चौराहा अस्पतालमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

पुरा पढ़नुश

रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँ

बुटवल, ११ माघ । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँछन् ।   बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो,  पीडित पक्षको दुई  वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।   सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत […]

पुरा पढ़नुश

यी ४ ड्रिंक्स बच्चालाइ झुक्किएर पनि नदिनुहोस्

काठमाडौं, ११ माघ । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा निकै कमजोर हुने भएकाले उनीहरुको खानपानमा विशेष ध्यान दिनु पर्ने पर्छ । तर, कहिलेकाहीँ बच्चाहरु केही चीजहरुको लागी जिद्दी गर्नको लागी उनीहरुको आमाबाबुले जबरजस्ती उनीहरुलाई खान र पिउन दिन्छन्। जसका कारण उनीहरुको स्वास्थ्य बिग्रन्छ । यस्तो अवस्थामा हामी तपाईलाई यस्ता ४ ड्रिंक्सको बारेमा बताउन गइरहेका […]

पुरा पढ़नुश

काश्मिरमा ‘रहस्यमय रोग’, १७ जनाले गुमाए ज्यान गुमाएपछि गाउँ नै सिल

काश्मिर, ११ माघ । जम्मु र कश्मीरको एउटै गाउँमा १७ जनाको रहस्यपूर्ण मृत्यु भएको छ ।   ‘रहस्यमय रोग’ बाट मृत्यु हुनेहरूमा अधिकांश बालबालिका रहे पछि अनुसन्धान सुरू गरिएको छ ।   गत ७ डिसेम्बरदेखि जम्मूको राजौरी जिल्लाको दुर्गम गाउँ बधलमा १२ बालबालिकासहितको मृत्यु भएको थियो ।   पीडित परिवारले बिरामी सुरुमा खाद्य विषाक्तता जस्तै […]

पुरा पढ़नुश

पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर

लन्डन, ११ माघ । चिकित्सा विज्ञान निरन्तर अगाडि बढिरहेको छ। हरेक दिन हामी नयाँ विकल्पहरू प्राप्त गरिरहन्छौं, जसले मानिसहरूलाई राम्रो तरिकाले उपचार गर्न मद्दत गर्दछ। यसै सन्दर्भमा बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् ।   बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । […]

पुरा पढ़नुश