कोलकाताको दुर्गापूजा पण्डालमा भागदौड: १७ जनाको मृत्यु, ४० घाइते

काेलकाता, १ कात्तिक । भारतको पश्चिम बंगालस्थित कोलकातामा दुर्गापूजाको पण्डालमा अत्यधिक भीडका कारण भागदौड मच्चिँदा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।   दुर्गा सप्तमीको साँझ चोरबागानस्थित शारदा पार्क पूजा पण्डालमा अत्यधिक सङ्ख्यामा दर्शनार्थी जम्मा भएका बेला उक्त दुर्घटना भएको हो। शनिबार साँझ करिब ७:४० बजे वर्षा भइरहेका समय पण्डालको निकासद्वारमा भागदौड […]

पुरा पढ़नुश

ग्वालियरमा अनियन्त्रित ट्रकले किच्दा १३ श्रद्धालुको मृत्यु, ३९ जना घाइते

मुम्बइ, १ कात्तिक । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा नवरात्रिका अवसरमा शीतला माता मन्दिरको दर्शन गर्न जाँदै गरेका श्रद्धालुहरूमाथि धान बोकेको अनियन्त्रित ट्रक पल्टिँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ड्युटीमा खटिएका दुई प्रहरीकर्मीसमेत ३९ जना घाइते भएका छन्।   ग्वालियरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) धर्मवीर सिंहका अनुसार शनिबार राति करिब १:३० बजे छिनोरतर्फबाट मन्दिर जाने सडकमा […]

पुरा पढ़नुश

फ्रान्समा हिंसात्मक विरोध प्रदर्शनपछि १२ सय बढी पक्राउ, दर्जनाैं भवनमा आगजनी

काठमाडौं, १ कार्तिक । विद्यालयहरूमा भोग्नुपरेका कठिनाइ र बढ्दो जीवनयापन लागतविरुद्ध शनिबार फ्रान्स भरि प्रदर्शनहरू भएका छन्, जसका क्रममा हिंसा भड्कियो।   फ्रान्सेली सरकारले “हिंसामा वृद्धि” भएको बताएको यस घटनाक्रममा कम्तीमा १,२०० जना पक्राउ परेका छन् भने करिब ५,५०,००० मानिसहरू सडकमा उत्रिएका थिए।   पेरिसमा साँझसम्मै दंगा नियन्त्रण प्रहरी र प्रदर्शनकारीहरूबीच ठूलो झडप भयो; प्रहरीले […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा सूर्य प्लाई फ्याक्ट्रीको आगो नियन्त्रणमा

झापा, कात्तिक १। झापाको भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर बजारमा रहेको सूर्य प्लाई फ्याक्ट्रीमा लागेको आगो सशस्त्र प्रहरी बल, नेपालसहित विभिन्न सुरक्षा निकाय, दमकलकर्मी तथा स्थानीयवासीको संयुक्त प्रयासमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। मिति २०८३ कात्तिक १ गते फ्याक्ट्रीमा आगलागी भएपछि सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर भद्रपुरको टोली घटनास्थलमा खटिएको थियो। आगो नियन्त्रणका […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको सक्रियता: जगदम्बा सिमेन्ट र २ टन एल्मुनियम सिल्ली बरामद

सर्लाही, १ कात्तिक। सशस्त्र प्रहरी बल, नेपालले सर्लाहीको सीमावर्ती क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको जगदम्बा सिमेन्ट र ठूलो परिमाणमा एल्मुनियम सिल्ली बरामद गरेको छ। सशस्त्र प्रहरीको सक्रियतामा करिब १७ लाख १४ हजार रुपैयाँ बराबरका सामान ट्र्याक्टरको ट्रेलरसहित नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत बीओपी मधुवनीबाट खटिएको मोबाइल गस्ती टोलीले २०८३ असोज ३१ गते […]

पुरा पढ़नुश

काठमाडौंको माछापोखरीमा आपसी विवादले लियो युवकको ज्यान, कुटपिटमा संलग्न आरोपमा एक जना पक्राउ

काठमाडौं,१ कार्तिक  । काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा भएको झगडामा एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार असोज ३१ गते राति करिब १२ः१२ बजे काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकखण्डमा हिँडिरहेका दुई युवकबीच आपसी विवाद भएपछि झगडा भएको थियो। झगडामा संलग्न हुनेमा कञ्चनपुरको […]

पुरा पढ़नुश

यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा ३ महिलाको मृत्यु, ४ घाइते र ३ जना बेपत्ता

सिन्धुली,१ कार्तिक  । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप करिब २०० मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन्। आइतबार बिहान करिब २:३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट अनियन्त्रित […]

पुरा पढ़नुश

रौतहटमा मोटरसाइकल दुर्घटना : वृद्धाको मृत्यु, चालकसहित दुई जना घाइते

रौतहट ,कार्तिक । रौतहटको मौलापुर नगरपालिका–२, मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकलमा तीन जना सवार रहेको बताइएको छ। दुर्घटनामा मोटरसाइकल चालक रौतहटको […]

पुरा पढ़नुश

पत्रकार भरत सरार्फलाई ज्यान मार्ने धम्की दिएको आरोप, प्रेस सेन्टर पर्साद्वारा भर्त्सना

वीरगञ्ज ,३१ असोज । समाचार सम्प्रेषण गरेको विषयलाई लिएर न्युज खोज तलाश डटकमका सञ्चालक, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका सदस्य तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषद् सदस्य भरत सरार्फलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति प्रेस सेन्टर नेपाल, जिल्ला कार्यसमिति पर्साले गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रेस सेन्टर पर्साले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सरार्फलाई समाचार […]

पुरा पढ़नुश

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

काठमाडाैं, ३१ असाेज । दशैंको समयमा घर-परिवार र पाहुनासँग रमाइलो गर्दै विभिन्न परिकारका मासुका परिकार खाने चलन हाम्रो संस्कृतिमा रहिआएको छ। तर, चाडपर्वमा स्वास्थ्यको ख्याल नगरी अत्यधिक मासु सेवन गर्दा यसले शरीरमा नकारात्मक असर पुर्याउन सक्छ।   दशैंमा मासु कति खाने र यसका फाइदा तथा बेफाइदाहरू तल स्पष्ट गरिएको छ:   मासु कति खाने ? संतुलित […]

पुरा पढ़नुश