दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

काठमाडाैं, ३१ असाेज । दशैंको समयमा घर-परिवार र पाहुनासँग रमाइलो गर्दै विभिन्न परिकारका मासुका परिकार खाने चलन हाम्रो संस्कृतिमा रहिआएको छ। तर, चाडपर्वमा स्वास्थ्यको ख्याल नगरी अत्यधिक मासु सेवन गर्दा यसले शरीरमा नकारात्मक असर पुर्याउन सक्छ।   दशैंमा मासु कति खाने र यसका फाइदा तथा बेफाइदाहरू तल स्पष्ट गरिएको छ:   मासु कति खाने ? संतुलित […]

पुरा पढ़नुश

प्रधानमन्त्रीद्वारा बडादसैँको शुभकामना: ‘दसैँ कसैका लागि पनि बोझ बन्नु हुँदैन’

काठमाडौं, ३१ असोज ।  प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँ २०८१ को अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन ।   बडादशैंकाे शुभकामना सन्देश जारी गर्दै उनले दसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गरेका छन् ।   सन्देशमा प्रधानमन्त्री शाहले दसैँ […]

पुरा पढ़नुश

रौतहटमा बस जाँच गर्दा १४७ एम्पुल लागूऔषध बरामद, १७ वर्षीय किशोर पक्राउ

रौतहट, ३१ असोज: रौतहटमा यात्रुवाहक बस जाँचका क्रममा एक १७ वर्षीय किशोरको झोलाबाट प्रहरीले १४७ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको छ।   शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बिर्ताबाट खटिएको संयुक्त टोलीले गरुडा नगरपालिका–८, बिर्ता चोकमा सवारीसाधन जाँच गर्ने क्रममा ती किशोरलाई पक्राउ गरेको हो।   प्रहरीका अनुसार गौरबाट वीरगञ्जतर्फ जाँदै गरेको […]

पुरा पढ़नुश

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ, साइबर ब्युरो लगिँदै

काठमाडौं, ३१ असोज: सरकारले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई उनकै घरबाट गिरफ्तार गरेको छ।   स्वतन्त्र पार्टी (रास्वपा) का नेतासमेत रहेका कलाकार हिमेश पन्तको परिवारले जग्गा कब्जा गरेकोसम्बन्धी समाचार प्रकाशन गरेपछि श्रेष्ठविरुद्ध जाहेरी परेको थियो। पन्तले दिएको जाहेरीकै आधारमा श्रेष्ठलाई पक्राउ गरिएको बताइए पनि प्रहरीले कुन जाहेरीबाट पक्राउ गरिएको हो भन्ने आधिकारिक जानकारी अझै दिएको छैन। […]

पुरा पढ़नुश

वीर अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पर्सामा मनाइयो ७१औँ प्रहरी दिवस

(वीर अमर प्रहरीका परिवार तथा ज्येष्ठ पूर्व प्रहरी सम्मानित, उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी पुरस्कृत) वीरगञ्ज, ३१ असोज। ‘विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ पर्सामा ७१औँ प्रहरी दिवस–२०८३ विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, पर्सा र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्र र […]

पुरा पढ़नुश

वीरगञ्जको राधेमाई मन्दिरमा हजारौँ भक्तजनको सहभागितामा फूलपाती भित्र्याइयो, पूर्वमन्त्री यादवद्वारा शुभकामना व्यक्त

वीरगञ्ज,३१ असोज । बडादसैँको दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीको पावन अवसरमा वीरगञ्जस्थित भगवती श्री राधेमाई मन्दिरको प्राङ्गणमा परम्परागत धार्मिक विधिअनुसार भव्य रूपमा फूलपाती भित्र्याइएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि मन्दिरमा आयोजित धार्मिक अनुष्ठानमा भगवती श्री राधेमाईको डोलीसहित हजारौँ श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो। शास्त्रीय विधि र परम्पराअनुसार शुभ साइतमा फूलपाती भित्र्याइएको यस […]

पुरा पढ़नुश

विराटनगरमा स्कुटर दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु, अर्का एक गम्भीर घाइते

विराटनगर,३० असोज  । मोरङको विराटनगर महानगरपालिका–५ पुल्चोकस्थित हुलाकी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने स्कुटरको पछाडि सवार अर्का युवक गम्भीर घाइते भएका छन्। प्राप्त विवरणअनुसार, २०८३ असोज २९ गते दिउँसो करिब ३:१५ बजे अनटेस्ट स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ क ३७८२ नम्बरको स्कुल बसमा […]

पुरा पढ़नुश

स्वच्छ खाद्यन्नको महत्त्व र यसलाई जोगाउनु पर्ने आवश्यकता

काठमाडाैं, ३० असाेज । हामीले दैनिक जीवनमा सेवन गर्ने खानाले हाम्रो स्वास्थ्य, शारीरिक वृद्धि र मानसिक विकासमा प्रत्यक्ष असर पार्छ। स्वस्थ र सक्रिय जीवनका लागि पोषिलो मात्र नभई स्वच्छ खाद्यन्नको उपभोग गर्नु उत्तिकै अनिवार्य हुन्छ।   स्वच्छ खाद्यन्नको महत्त्व: स्वास्थ्य सुरक्षा र रोगबाट मुक्ति: दूषित र मिसावटयुक्त खानेकुराले टाइफाइड, झाडापखाला, फुड पोइजनिङजस्ता सङ्क्रामक रोगहरू निम्त्याउँछ। स्वच्छ […]

पुरा पढ़नुश

वीरगञ्ज भन्सारबाट लिलामीमा सस्तोमा सामान दिलाइदिने प्रलोभन देखाएर ठगी गर्ने प्रविण साह पक्राउ

(भन्सारको लिलाममा कम मूल्यमा सवारीसाधन तथा सामान उपलब्ध गराइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुली गरेको आरोप) वीरगञ्ज,२९ असोज । वीरगञ्ज भन्सार कार्यालयबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सामान कम मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जना बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंमा डेरा गरी […]

पुरा पढ़नुश

बारामा सशस्त्र प्रहरीको कडा प्रहार : ९ लाख १० हजारका अवैध सामान बरामद, भारतीय नागरिक पक्राउ

बारा,२९ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्रता दिँदै करिब ९ लाख १० हजार रुपैयाँ मूल्यका अवैध सामान बरामद गरेको छ। अभियानका क्रममा एक जना भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराअन्तर्गतका […]

पुरा पढ़नुश