लागुऔषध नियन्त्रणमा पर्सा प्रशासन र सुरक्षा निकायको संयुक्त अभियान तीव्र शंकराचार्य गेटमा विशेष चेकपोष्ट स्थापना, ८ जना लागुऔषध सेवनकर्ता नियन्त्रणमा — वीरगञ्ज भन्सार क्षेत्रमा ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज, २६ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साको संयुक्त आयोजनामा लागुऔषध दुर्व्यसन नियन्त्रण तथा सचेतना अभियानलाई तीव्र बनाइएको छ। “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान–२०८३” अन्तर्गत शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेटमा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको कडा निगरानीमा वीरगञ्ज भन्सार एरियाबाट ब्राउन सुगरसहित दुई पक्राउ

वीरगञ्ज, २५ वैशाख । पर्सामा बढ्दो लागुऔषध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले अभियानलाई तीव्र बनाएको छ । यही अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीको निर्देशनमा सञ्चालन गरिएको विशेष निगरानीका क्रममा वीरगञ्ज भन्सार क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको वीरगञ्ज […]

पुरा पढ़नुश

सांसद टेकबहादुर शाक्यको पहलमा पर्साका बन्द भिस्वा छोटी भन्सार पुनः सञ्चालनतर्फ

वीरगञ्ज,२५ बैशाख  । पर्सा क्षेत्र नम्बर–४ का सांसद टेकबहादुर शाक्य को विशेष पहलमा वर्षौंदेखि बन्द अवस्थामा रहेका पर्साका महत्वपूर्ण छोटी भन्सार कार्यालयहरू पुनः सञ्चालनतर्फ अग्रसर भएका छन्। सांसद शाक्यले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भिस्वा छोटी भन्सार र ठोरी छोटी भन्सार कार्यालय पुनः खुल्ने प्रक्रिया अघि बढेको बताएका हुन्। उनले उक्त […]

पुरा पढ़नुश

४ जना लागुऔषध सेवनकर्ता पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज ,२५ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानमा गरिएको विशेष चेकजाँच तथा निगरानी अभियानका क्रममा ४ जना लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार जिल्लाभित्र लागुऔषध दुव्र्यसन तथा अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी गर्दा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक सोधपुछ […]

पुरा पढ़नुश

पोखरियामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, प्रहरी र युवासमाजको सहकार्यमा १२० विद्यार्थी लाभान्वित

वीरगञ्ज,२५ बैशाख  । पर्साको पोखरिया नगरपालिकामा अध्ययनरत बालबालिकालाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। मिति २०८३/०१/२४ गते जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं. ४ स्थित श्री नेपाल रेडक्रस प्राथमिक विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय पोखरिया तथा पोखरिया बजरंग युवा समाजको संयुक्त सहकार्यमा पठनपाठनका लागि आवश्यक शैक्षिक […]

पुरा पढ़नुश

बैंकिङ कसूर मुद्दाका ६ फरार प्रतिवादी पक्राउ, ३८ लाख जरिवाना र २ वर्ष कैद सजाय तोकिएको पर्सा प्रहरीले जनायो

पर्सा,२४ बैशाख  । बैंकिङ कसूर सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई ३८ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तोकिएका ६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विभिन्न मितिदेखि फरार रहेका ती प्रतिवादीहरूलाई विशेष खोजतलास तथा अपरेसनका क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा […]

पुरा पढ़नुश

पर्सामा लागूऔषध सुधार अभियान सुरु : सरोकारवालासँग व्यापक अन्तरक्रिया सम्पन्न

वीरगञ्ज,२४ बैशाख  । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा सञ्चालन गरिएको “लागूऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान–२०८३” अन्तर्गत पर्सामा सरोकारवाला निकायसँग अन्तरक्रिया तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ। मिति २०८३ वैशाख २२ गते जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय पर्साको सभा हलमा आयोजित कार्यक्रममा लागूऔषध नियन्त्रण तथा सुधार अभियानलाई […]

पुरा पढ़नुश

नेपाल पुलिस क्लबका कप्तान आरीफ शेख प्रहरी सहायक हवल्दारमा विशेष बढुवा, खेल सामग्री पनि हस्तान्तरण

काठमाडौं,२४ बैशाख  । नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान म. आरीफ शेखलाई प्रहरी सहायक हवल्दार पदमा विशेष बढुवा गर्दै दर्ज्यानी चिह्नद्वारा सुशोभन गरिएको छ। आज मिति २०८३ वैशाख २३ गते आयोजित कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाह को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। नेपाल प्रहरी प्रधान […]

पुरा पढ़नुश

हराएकी १६ वर्षीया बालिका वीरगञ्जबाट सकुशल फेला, परिवारको जिम्मा लगाइयो

वीरगञ्ज ,२४ बैशाख । मिति २०८३ बैशाख २२ गतेदेखि हराएकी १६ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार खोजतलासको क्रममा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ भानुचोक क्षेत्रबाट बालिकालाई फेला पारेको हो। प्रहरीले बालिकालाई सुरक्षित अवस्थामा फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा […]

पुरा पढ़नुश

हराएका दुई बालिका भारतबाट सकुशल उद्धार, पर्सा प्रहरीद्वारा आफन्तको जिम्मा

वीरगञ्ज ,२४। मिति २०८३ वैशाख २० गतेदेखि हराइरहेका दुई जना बालिकालाई पर्सा प्रहरीले भारतीय प्रहरीको समन्वयमा खोजतलास गरी सकुशल उद्धार गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हराएका बालिकाहरूको खोजी कार्यलाई तीव्र बनाउँदै भारतस्थित प्रहरीसँग समन्वय गरिएको थियो। सोही क्रममा भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई सुरक्षित अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। उद्धारपछि आवश्यक प्रक्रिया […]

पुरा पढ़नुश