अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने

मेलबर्न, १८ पुस । यस दशकको अन्त्यसम्ममा विभिन्न देशहरू र निजी कम्पनीहरूले चन्द्रमाको सतहमा उत्खनन गर्ने देखिएकाे छ ।     नासाको अर्ब डलरको ‘आर्टेमिस’ कार्यक्रम चन्द्रमामा अन्तरिक्ष यात्रीहरू पठाउने मात्र होइन, यो पनि खानी सञ्चालनको लागि बाटो बनाउने बारे हो। हाल, अन्तरिक्ष अन्वेषणका लागि सबै सामग्रीहरू पृथ्वीबाट पठाइन्छ, पानी र इन्धन जस्ता आवश्यक वस्तुहरू अत्यन्त महँगो बनाउँदै। […]

पुरा पढ़नुश

रौतहट प्रहरीद्वारा अबैध किराना सामान बोकेका पिकअप भ्यान पक्राउ

रौतहट, १८ पुस। लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।   सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी, मैदा, धनिया , रिफाईन तेल, सेवई सुपारी बोकेको प्रदेश २ ००१ च ४००० नम्बरको पिक अप भ्यान […]

पुरा पढ़नुश

जिम्बाबेले खारेज गरयो मृत्यदण्ड सबन्धी ब्यवस्था, ६० कैदीको जोगियो ज्यान

काठमाडौं, १८ पुस । विश्व नयाँ वर्षको उत्सवमा डुबेको छ । विश्वका कुना–कुनामा नयाँ वर्ष मनाइँदैछ ।   यस सँगै जिम्बाब्वेले नयाँ वर्षको एक दिन अगाडि ठूलो निर्णय गरेको छ । यस अन्तर्गत अब देशमा मृत्युदण्ड दिइने छैन। जिम्बाब्वेका राष्ट्रपतिले यससम्बन्धी कानुनी आदेशमा हस्ताक्षर गरेका छन् ।   मृत्युदण्डलाई लिएर विश्वमा धेरै प्रश्न उठिरहेको बेला […]

पुरा पढ़नुश

जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायधिसले आत्महत्या

काठमाडौं, १८ पुस । अदालतमै न्यायाधीशले आत्महत्या गरेपछि हलचल मच्चिएको छ । यो नराम्रो खबर जर्जियाबाट आएको हो ।   एक ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेललाइ अदालतका कर्मचारीले मृत अवस्थामा फेला पारेका थिए । इफिंगम काउन्टी राज्य अदालत भित्र लगभग १० बजे भेटिएको थियो ।   येकेलले गभर्नरलाई पत्र लेखेर पदबाट राजीनामा दिन खोजेको अनुसन्धानबाट […]

पुरा पढ़नुश

सर्लाहीमा थापा प्रेस सेन्टरको अध्यक्ष चयन

सर्लाही, १७ पुस। प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा सिंह बहादुर थापा (श्रवण) सर्वसम्मत चयन भएका छन्। बुधबार सम्पन्न जिल्ला अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। समितिमा उपाध्यक्षमा क्षितिज विश्वकर्मा (विनोद), महिला उपाध्यक्षमा सर्मिला रमौली, सचिवमा राधेश्याम कुशवाह, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सहसचिवमा जितेन्द्र सिंह कुशवाह र सुवास कुमार मण्डल चयन भएका छन्। त्यस्तै, सदस्यहरुमा […]

पुरा पढ़नुश

अङ्ग्रेजी नयाँ वर्षका दिन आज रौतहटको पर्यटकीय स्थल नुनथर भरिभराउ

  रौतहट,१७ पुष । रौतहटको पर्यटकीय स्थल नुनथर आज दिनभर भरिभराउ रह्यो । अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि आएकाहरूले नुनथर क्षेत्र भरिभराउ भएको थियो ।   अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउनेहरूका कारण रौतहटको ननथर मात्र नभएर अन्य पर्यटकीय क्षेत्र समेत भरिभराउ भएका थिए ।   रौतहट ,सिन्धुली ,मकवानपुर जिल्लाको संगमस्थलका रूपमा रहेको नुनथर क्षेत्रमा पिकनिक […]

पुरा पढ़नुश

प्रेस चौतारीको महाधिवेशन फागुन २३- २५ गते हुने

काठमाडौं, १७ पुस । प्रेस चौतारी नेपालको दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म हुने भएको छ ।   महाधिवेशन कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरमा गर्ने निर्णय भएको प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जानकारी दिए । बुधबार सम्पन्न प्रेस चौतारी नेपालको सचिवालय बैठकले सो निर्णय गरेको हो ।   अहिले पनि देश र […]

पुरा पढ़नुश

बीरगंजमा भन्सार छली गरिएका ८ लाख बराबरका कपडा बरामद

बिरगंज ,१७ पुस । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ७ स्थित कुम्हाल टोलमा विशेष सूचनाका आधारमा भन्सार छली लुकाइछिपाई राखिएका कपडाहरू आज बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा छापामारी गरिएको उक्त कार्यमा बीरगंज भन्सार कार्यालयको संयुक्त टोली पनि संलग्न थियो। टोलीले लुकाइ राखिएको करिब […]

पुरा पढ़नुश

पर्सा प्रहरीले हराएको मोटरसाइकल दुई दिनमै बरामद गरी मालिकलाई जिम्मा लगायो

बिरगंज ,१७ पुस ।रसीद आलम जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको सक्रियतामा चोरी भएको मोटरसाइकल बरामद गरिएको छ। मिति २०८१।०९।१४ गते राति करिब १०:३० बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, श्रीपुर दुर्गा मन्दिर अगाडिबाट हराएको मधेश प्रदेश ०३-०३१प.००१ नम्बरको रातो रंगको २०० सिसीको एनएस पल्सर मोटरसाइकल प्रहरीको […]

पुरा पढ़नुश

वीरगञ्जका मेयर राजेशमान सिंहद्वारा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना

वीरगञ्जका ,१७ पुस। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा नगरवासीहरूलाई शुभकामना व्यक्त गरेका छन्। मेयर सिंहले आफ्नो सामाजिक सञ्जालमा “Thank you for all the lessons 2024, I am ready 2025” अर्थात् “म तयार छु” भन्ने सन्देशसहित अघिल्लो वर्षका अनुभव र चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन्। उनले नगरवासीका […]

पुरा पढ़नुश