बिरगंज ,१७ पुस ।रसीद आलम
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको सक्रियतामा चोरी भएको मोटरसाइकल बरामद गरिएको छ।
मिति २०८१।०९।१४ गते राति करिब १०:३० बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, श्रीपुर दुर्गा मन्दिर अगाडिबाट हराएको मधेश प्रदेश ०३-०३१प.००१ नम्बरको रातो रंगको २०० सिसीको एनएस पल्सर मोटरसाइकल प्रहरीको खोजतलास टोलीले दुई दिनपछि वेवारिसे अवस्थामा फेला पारेको हो।
मिति २०८१।०९।१६ गते दिउँसो करिब ४:०० बजे उक्त मोटरसाइकल वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, नगवा टोल निवासी सागर कुमार पण्डितकी श्रीमती रेखा चौधरी (पण्डित) लाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
चोरीको घटनालाई तत्कालै प्रभावकारी रूपमा समाधान गर्न सफल प्रहरी निरीक्षक चौलागाईंको यो सक्रियता सराहनीय रहेको छ।
