मंसिर २ बिरगंज , छिपहरमाई गाउँपालिका पर्साका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
गाउँपालिकाले मिति २०७९ /०५/२५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी यस आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधेको हो भन्ने जानकारी निर्वाचन आयोगले दिएको छ।
उल्लेखित सन्दर्भमा तहाँबाट निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको अवस्थामा अगाडि बढाईएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो? यदि निर्वाचन आचारसंहिता, २०७९ को विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो? यो पत्र प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ अन्यथा कानून बमोजिम कारवाही हुने निर्वाचन आयोगले बताएका छ।