तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षति हुनबाट बच्यो।

समाचार

सुर्खेत, २१ मंसिर

नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ ।

दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *