दर्जन भन्दा बढी कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो।

बिजेनेश

काठमाडौं, २० पुस । सेयर बजारमा  बुधबार एक दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।  सेयर बजार बढेर २१०० विन्दुभन्दा माथि पुगेको छ। यस दिन नेप्से ६४.८७ अंक बढेर २१२५.९४ विन्दुमा पुगेको छ ।

करिब ५ महिनापछि नेप्से सूचक पुनः २१ सय विन्दुमाथि उक्लिन सफल भएको हो ।  साल्ट ट्रेडिङ, हिमालयन डिस्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यता, कालीका पवर, आरएसडीसी लघुवित्त, बाराही हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर कम्पनी, हिमालयन हाइड्रोपावर, आशा लघुवित्तको मूल्य, सबैको लघुवित्त वित्तिय संस्था, निर्धन उत्थान लघुवित्त वित्तिय संस्था, सेन्ट्रल फाइनान्स, इस्टर्न हाइड्रोपावर, समता घरेलु लघुवित्त, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर, प्रभु इन्सुरेन्स, नयाँ सारथी लघुवित्त, बलेफी हाइड्रोपावर, स्वरोजगार लघुबित्त विकास, सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड, माहालक्ष्मी बिकास बैंक र तेह्रथुम पावर कम्पनीको ९ देखि १० प्रतिशतसम्म मूल्य बढेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *