नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ, जथाभावी समाचार नलेखौं : सिआइबी।

खेलखुद समाचार

काठमाडौं, २९ पुस

हालै सम्पन्न नेपाल टी२० क्रिकेट लिगमा स्पट फिक्सिङसँग सम्बन्धित समाचारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उदृद्ध गर्दे विभिन्न सञ्चारमाध्यमले समाचार लेखेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीसँग कुराकानी नै नगरी समाचार लेखेकोमा ती सञ्चारमाध्यमको कामप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

सिआइबीले बिहीबार विज्ञप्ति जारी गर्दै  शंकास्पद गतिविधिमा सम्लग्नमाथि छानबिन गर्न ब्यूरोले समिति गठन गरेको र छानबिन जारी नै रहेको जनाएको छ । समितिले अनुसन्धान र छानबीन प्रतिवेदन पेश गरी निष्कर्षमा पुगी नसकेको अवस्थामा ब्यूरोको श्रोत उल्लेख गरी समाचार नलेख्न आग्रह गरेको छ ।

केही पूर्व खेलाडी, तथा अन्य व्यक्तिका नाम उल्लेख गरी समाचार प्रकाशित गरेको पाइएकोले यस किसिमका तथ्यहीन र दिग्भ्रमित हुने किसिमका समाचारले ब्यूरोप्रतिको आम नागरिकको विश्वास टुट्ने उल्लेख छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *