चितवन, ७ माघ
पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४८जना घाइते हुन पुगेका छन ।
पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना हुदाँ ४८ जना घाइते भएका हुन ।
प्रत्यक्षदर्शीका अनुसार सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४८ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।
थप विबरण आउन बाकी छ।
