राष्ट्रियसभा अध्यक्षले ‘सभामुख निवास’ नछाडदा अन्यौंल, सभामुखलाई निवास पाउनै मुश्किल।

राजनीति समाचार

काठमाडौं, १८ माघ

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नवनियुक्त सभामुख देवराव घिमिरेको बासस्थान अझै तय हुन सकेको छैन् ।

लामो समय देखी सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासवाट तत्कालिन सभामुख कृष्णबहादुर महरा ‘हटनु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए । यौन दुब्र्यब्यबहारको आरोपमा महरा हटे पछि लामो समयसम्म रिक्त रहेको सो भवनमा तिमिल्सिना सरेका थिए ।

तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि पुरानो सभामुख निवासवाट तिमिल्सिना नहटे पछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो । तर, अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गार्हो भईरहेको छ ।

‘पुरानो सभामुख निवासवाट राष्ट्रिय सभा अध्यक्ष सर्न मान्नु हुन्न, लैनचौरमा सभामुखज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने ? छलफलमा नै छौं,’ सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले भने । यद्धपी, सभामुख घिमिरेलाई नयाँ बास स्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *