मधेस प्रदेशको बैठक अपरान्ह २ बजे

राजनीति समाचार

जनकपुर, २ फागुन । मधेस प्रदेशको प्रदेशसभा बैठक आज अपरान्ह २ बजेका लागि आह्वान गरिएको छ।

 

सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

गत ४ माघमा  प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। जुन बैठक आजबाट सुरु हुन लागेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *