मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा २ जना पक्राउ:नेपाल प्रहरी ।

समाचार

सर्लाही फागुन १५। मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा मलंगवा नगरपालिका-९ स्थित सीमाक्षेत्रबाट धादिङ गल्छी गाउँपालिका-९ बस्ने ३२ वर्षीय गोपाल खनाल समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीका सीमावर्ती क्षेत्रमा ठगी तथा आपराधिक षड्यन्त्र गर्ने उद्देश्यले ३ गुणा बढी पैसा दिन्छु भन्दै लोभ लालच तथा प्रलोभनमा पारी लुटपाट गर्ने गरेको घटना दोहरिदै गएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई नेपाली नोटहरूसँग मिल्ने कागजका गडी ९९ बण्डल, पैसा आकारको कागज काट्ने मेसिन १ थान, डायरी २ थान र मोबाइल ४ थानसहित फेला पारी पक्राउ गरेको हो ।

यसअघि २०७५ भदौ ३० गते सर्लाही गोडैता नगरपालिका-३ मधुवनी गाउँबाट सोही प्रकारको ठगीमा संलग्न भारत बिहार सितामढी ग्राम पंचायतका शत्रुधन कुमार भगतसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । साथै सोही स्थानबाट २०७६ कात्तिक ५ गते प्रलोभनमा पारी ४२ लाख ७५ हजार रूपैयाँ ठगी गरेको, २०७९ भदौ १७ गते गोडैता नगरपालिका-३ मा १ हजार दरको नोटको बीचमा कागज राखेको ६९ बण्डल फेला परेको थियो भने २०७९ पुस ३० गते मंलगवा नगरपालिका-८ सिमाक्षेत्रबाट नक्कली जस्तो देखिने एक हजार दरको नोट १ सय १५ थान फेला परेको थियो ।

उक्त  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *