बैंकको रकम लुटेको आरोपमा पक्राउ परेका तीन जनालाई डाँका मुद्धा

समाचार

सिरहा, १४ चैत।  सिरहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

 

मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका  ४५ वर्षिय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षिय जिवछ बि.क. र लहान १९ छपरारी का ४७ वर्षिय सत्य नारायन मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

 

उनीहरुले वैंकका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लादै गरेको नौं लाख रकम लुटपाट गरेको आरोप  छ। प्रहरी सहित गएका ज. ६ प ८१८५ नम्वरको मोटरसाईकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाईकलमा आएका ४ जना अपरिचित ब्यक्तिहरुले पेस्तोल देखाई रकम लुटिएका थिए।

 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा लगाएत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रबिधिको प्रयोग गरि सिरहा सदरमुकास्थित हेमनारायण चोक स्थितबाट पक्राउ गरेको बताएको छ।

उनीहरुमाथि शरिर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *