एसपी केसीको नेतृत्वमा बारामा ९ लाखको अवैध सामान बरामद

समाचार

रसीद आलम
बारा, ७ कार्तिक।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण मुख्यालय बाराका गणपति एसपी खुमबहादुर केसीको नेतृत्वमा सशस्त्र प्रहरीले बाराका विभिन्न स्थानहरूबाट करिब रु. ९ लाख १४ हजार बराबरका अवैध सामानहरू बरामद गरेको छ।

विभिन्न मितिमा सशस्त्र प्रहरीको विभिन्न टोलिहरूले सीमा क्षेत्रबाट भारततर्फबाट भन्सार छली ल्याइँदै गरेका सामानसहित मोटरसाइकलहरू बरामद गरेका हुन्।

१. सिम्रौनगढ नगरपालिका–९ झरोखर:
मिति २०८२।०७।०३ गते बिहान १०:४० बजे बि.ओ.पि. गोलागंजबाट सप्रनि रबिन ढुंगेलको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको किराना सामान (रु. ५६,७३०) र दुईवटा मोटरसाइकल (रु. ४,०६,७३०) गरी जम्मा रु. ४,६३,४६० बराबरको सामान बरामद गरेको हो।

२. देवताल गाउँपालिका–२ पसाहा खोला:
मिति २०८२।०७।०४ गते साँझ ६:२० बजे बि.ओ.पि. दक्षिण झिट्कैया बाट स.प्र.ना.नि. सविन खड्काको कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको करिब रु. २ लाख बराबरको कपडा, चप्पल र मोटरसाइकल बरामद गरेको छ।

३. पचरौता नगरपालिका–३ रामनगर वैरिया:
मिति २०८२।०७।०६ गते राति ९:०५ बजे स.प्र.ना.उ. नविन अधिकारीको कमाण्डमा खटिएको टोलीले भारतबाट ल्याउँदै गरेको रु. १,५५,००० बराबरको कपडा र मोटरसाइकल बरामद गरेको छ।

४. कलैया उपमहानगरपालिका–१० मटिअर्वा:
मिति २०८२।०७।०५ गते दिउँसो २:५० बजे गुल्म मटिअर्वाबाट स.प्र.ब.ह. चक्र बहादुर साउदको नेतृत्वमा खटिएको टोलीले भारतबाट ल्याइँदै गरेको रु. ५५,००० बराबरको कपडा र मेहन्दी बरामद गरेको छ।

५. फेटा गाउँपालिका–४ बतरा:
मिति २०८२।०७।०७ गते बिहान ७:३० बजे एफ.ओ.बी. छतवाबाट स.प्र.ना.नि. शिवहरी खत्रीको कमाण्डमा खटिएको टोलीले भारतबाट ल्याउँदै गरिएको रु. ९७,५०० बराबरको कपडा बरामद गरेको छ। उक्त सामान सोही स्थानमा छोडेर व्यक्ति मोटरसाइकलसहित फरार भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सबै सामानहरू विरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बाराले जानकारी दिएको छ।
एसपी खुमबहादुर केसीको सक्रियतामा लगातार रूपमा भइरहेको सीमाक्षेत्रीय अनुगमन र गस्तीका कारण अवैध गतिविधिमा कमी आएको प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *