३८ लाख भन्दा बढीका हार्डवेयर तथा औषधीहरू लोड रहेको ट्रक बिरगंजमा पक्राउ ।

समाचार

रसीद आलम।पर्सा ,चैत १९।

बिल बिजक भन्दा बढी खुद्रा हार्डवेयर तथा औषधीहरू लोड रहेको ट्रकलाई पर्सा प्रहरीले  नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार वीरगञ्जबाट चितवनतर्फ बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा हार्डवेयर तथा औषधीहरू बोकेको ट्रक गइरहेको  सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चैत ७ गतेमा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट   ना.५ ख ९६१३ नम्बरको ट्रकलाई चेकजाँच गर्दा बिलबिजक सन्कास्पद देखिएको हुँदा सो ट्रकलाई नियन्त्रणमा लिईएको हो।

उक्त मालवाहक ट्रकभित्र लोड रहेका  खुद्रा हार्डवेयर तथा औषधीहरूको रू.३८ लाख ८० हजार तिन सय पचासी  बराबरको मुल्यांकन गरि  थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका सूचना अधिकारि प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *