रसीद आलम,पर्सा ,चैत २७।
बिल बिजक भन्दा बढी खुद्रा,हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रक वीरगञ्जबाट चितवनतर्फ लैजादै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चैत २६ गतेमा वीरगञ्ज महानगरपालिका वडा नं.१३ पावरहाउस चोक स्थित सडकखण्डबाट ना.२ ख ९३८९ नम्बरको ट्रकलाई चेकजाँच गर्दा बिल विजक सन्कास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिईएको हो।
पक्राउ परेका सो मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरूको रू.६० लाख ३८ हजार एक सय अठासी बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
