बलात्कार आराेपमा एकजना पक्राउ

समाचार

झापा, २८ चैत । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

 

भुजेलले ती महिलालाई कनकाई नगरपालिका-४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *